डिजेलको दोहोरो मूल्य हटाइयो



काठमाडौँ १३ पुस ।
नेपाल आयल निगमले डिजेलको दोहोरो मूल्य हटाइ एउटै बनाएको छ । हिजो बसेको निगमको साचालक समितिको बैठकले गत मङ्सिर २४ गतेको निर्णय सच्याएर डिजेलको मूल्य आज देखि प्रतिलिटर ७६ रुपैयाँ कायम गरेको हो ।

गत मङ्सिर २४ गते निगम साचालक समितिले औद्योगिक प्रयोजनका लागि भन्दै डिजेल प्रतिलिटर ९५ रुपैयाँ बनाएको थियो ।
उद्योग व्यवसायका लागि डिजेलमा बढी मूल्य कायम गरिएपछि उद्योगी व्यवसायीले विरोध गर्दै आएका थिए ।

निर्माण व्यवसायी तथा उद्योगीले डिजेलमा दोहोरो मूल्य कायम भएपछि सबै क्षेत्रमा मूल्यवृद्धि भएको भन्दै मूल्य घटाउन गरेको आग्रहलाई स्व्ाीकार गर्दै पूरानै मूल्य कायम गरिएको साचालक समिति सदस्य जगत िसंखडाले जानकारी दिनुभयो । सरकारले नेपाल आयल निगमलाई एक अर्ब ५० करोड ऋण सहयोग उपलब्ध गराउने भएपछि आज देखि सहजरुपमा पेट्रोलियम पदार्थ उपलब्ध हुने निगमले जनाएको छ ।

Related

अर्थ 6152312206620576996

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item