चेलीबेटी बेचबिखनमा मोवाइल फोनको बढ्दो प्रयोग
http://sindhulidarpan.blogspot.com/2011/12/mobile.html
लक्ष्मी बिसी,मंसिर १५,नेपालगज
चेलीबेटी बेचबिखनको विभिन्न कारणहरुमध्ये मोबाइल फोनको प्रयोग पनि एक मानिएको छ । मोबाइल फोनको सम्पर्कबाटै विवाहिता महिलाहरु पनि बेचबिखनसम्म पुग्ने गरेका छन् । गरिबी अश्ािक्षा चेतनाको कमी घरेलु िहंसा अर्काको देखासिकी गर्ने प्रवृत्ति बेरोजगारले गर्दा पछाडि परेका दलित समुदायका महिलाहरु सुविधातर्फ उन्मुख भएर मोवाइल फोनबाटै बढि बेचबिखनमा पर्ने गरेको के आई नेपालका जिल्ल्ाा सयोजक राधिका गिरीले बताउनुभयो ।
बाँके दैलेख सल्यान दाङलगायतका मध्यपश्चिमका विभिन्न जिल्ल्ााहरुबाट अविवाहिता तथा विवाहिता महिलाहरु मोवाइल फोनबाट दलालको सम्पर्कमा आउने गरेकाले उनीहरु बेचबिखनसम्म पुग्ने गरेको संयोजक गिरीले बताउनुभयो । उहाँका अनुसार मोबाइल फोनको सम्पर्कबाट गएको महिना २५ जना महिलाहरु बेचबिखनको सङ्क्रमणमा परेका छन् । ३ देखि ५ सयसम्म महिलाहरुलाई गत महिनामा परामशर््ा दिएर नेपाल भारत सिमा जमुनाह नाकाबाट फर्काइएको छ ।
बाँके तथा मध्यपश्चिमका विभिन्न जिल्ल्ााहरुबाट महिला तथा बालबालिकाहरु बढि बेचबिखनमा पर्न थालेका छन् । वैदेश्ािक रोजगारमा जाने भन्दै उहिीरु भारत तथा खाडी मुलुकमा यौन तथा श्रम श्ााेषणमा पर्ने गरेको माईती नेपाल बाँकेका कार्यक्रम सयोजंक केश्ाब कोईरालाले बताउनुभयो ।
उहाँका अनुसार एकबर्ष यता २ सय ९५ जना महिला तथा बालबालिका हराएको भन्दै परिवारले खोजीका लागि निवेदन दिएका छन् । जसमध्ये २५ जना मात्र सम्पर्कमा आएका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !