बिशेष समिति बोलाउन विपक्षीहरुको पत्र


काठमाडौं,फागुन १६

 प्रमुख विपक्षी २ दल कांग्रेस र एमालेले माओवादी लडाकुको रेखदेख, समायोजन र पुनस्थापना सम्बन्धी बिशेष समितिको बैठक छिटो बोलाउन प्रधानमन्त्रीसँग माग गरेका छन् । लामो समयदेखि बिशेष समितिको बैठक नबोलाएपछि विपक्षी दलहरुले प्रधानमन्त्री  एवम् समितिका संयोजक प्रधानमन्त्री बावराम भट्टराईलाई पत्र बुझाएका हुन् ।
 समिति सदस्य तथा कांग्रेस नेता रामशरण महतले भन्नुभयो, ‘बिशेष समितिको बैठक २४ भण्टा भित्र बोलाउने आशयको पत्र बुझाएका छौं ।’ उहाँले २४ घण्टा भित्र बिशेष समितिको बैठक नबोलाएपछि एक, दुई भित्रै बैठक बोलाएर शान्ति प्रक्रिया अन्तर्गतका लडाकु समायोजनको काम अघि बढाउनुपर्ने बताउनुभयो । प्रधानमन्त्री भट्टराईले बिशेष समितिको बैठक लामो समयदेखि नबोलाउदा शान्ति प्रक्रिया सम्बन्धी महत्वपूर्ण काम हुन नसकेको महतको भनाई छ । पत्रमा कांग्रेसबाट समिति सदस्य महत र मिनेन्द्र रिजाल तथा एमालेबाट महासचिव ईश्वर पोखरेल र भीम रावलले हस्ताक्षर गर्नुभएको छ । शान्ति प्रक्रिया र संविधानको काम सँगसँगै अघि बढाउने भनेपछि पछिल्लो समयमा दुबै प्रक्रिया अबरुद्ध भएको कांग्रेस र एमालेको आरोप छ ।

Related

राष्ट्रिय 7670664389425601675

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item