शिखरपुरका बासिन्दाद्धारा विद्युत उत्पादन

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_29.html
जिवि श्रेष्ठ, सिन्धुली,फागुन १७
फाईल तस्विर |
देशले दिनको नौ घण्टा बढी लोडसेडिङको मार खेपिरहेको अवस्थामा सिन्धुलीको नेत्रकाली गाविस ८ शिखरपुरका एक सय २० घर परिवार यतिखेर आफैले उत्पादन गरेको बिजुलीमा रमाईरहेका छन् । उनीहरुले एक बर्ष अघि मवलीसङवा लघु जलविद्युत आयोजना सम्पन्न गरि १२ किलोवाट विद्युतीय उत्पादन गरेर गाँउ झिलिमिली बनाएको बताएका छन् । चार बर्ष अघि निर्माण भएको उक्त आयोजना गत बर्ष पुरा भएको थियो । उक्त विद्युत निकालेर गाँउ झलमल्ल बनाएपछि उपभोक्तहरुमा खुसिको सिमा नभएको परियोजनाका अध्यक्ष खड्गबहादुर वाईबाले बताउनु भयो ।
उहाँका अनुसार ८४ लाख १९ हजार ३५५ रुपैयाको लागतमा स्थानीय पाखुरेखोला र मझुवागोपे खोलाको पानी ल्याई हाईडा्रेपावरबाट उक्त विद्युत उत्पादन गरिएको थियो । परियोजना सम्पन्न गर्न नेपाल सरकारबाट १६ लाख १४ हजार, स्थानिय उपभोत्ताबाट नगद सङकलित २५ लाख, जिल्ला विकास समितीबाट ६ लाख, गाविसबाट चार लाख महिला विकास कार्यालयबाट एक लाख ८० हजार र बाँकी रकम बराबरको उपभोक्ताको जनश्रमदान जुटाई परियोजनाका अध्यक्ष वाईबाले जानकारी दिनु भयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !