नक्कली सुकुम्बासी हटाउने गृहमन्त्रीको प्रतिवद्धता


काठमाण्डौ,फागुन १७
उपप्रधान एवम् गृहमन्त्री विजयकुमार गच्छदारले काठमाडाँै उपत्यकाको विभिन्न नदी किनारका छेउका जग्गा अतिक्रमण गरी बसेका नक्कली सुकुम्वासी हटाई छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । उहाँले भन्नुभयो – “सार्वजानिक जग्गा अतिक्रमण गरी सुकुम्वासीका नाममा आरसिसि घर बनाई बसेका मान्छे कसरी सुकुम्वासी भए ?” अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिद्वारा बागमती नदी सभ्यता संरक्षण तथा सम्बद्र्धनसम्बन्धी आज यहाँ आयोजित छलफलको उद्घाटन गर्दै उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो – मैले पटक पटक तीनदलका शीर्ष नेतालाई भेटेर सो स्थानबाट सुकुम्वासी हटाउन सहयोग पु¥याउन आग्रह गरें तर उहाँहरुले  दोहोरो चरित्र देखाउनुभयो । मैले चाहेजस्तो  सहयोग पाइनँ । विकासमा राजनीतिक गर्न नहुने र दल गत स्वार्थभन्दा माथि उठेर राष्ट्रिय स्वार्थमा काम गर्नुपर्ने गहमन्त्री गच्छदारले बताउनुभयो । 
उहाँले शान्ति र संविधानका लागि तीनदलका शीर्ष नेता गम्भीर बन्नुपर्ने र यस विषयलाई खेलवाड गर्न नहुने बताउनुभयो । भौतिक योजना तथा निर्माण मन्त्री हृदयेश त्रिपाठीले उपत्यकाका नदी किनारलाई संरक्षण गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभयो । 

Related

समाचार 8259583230746912517

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item