शान्ति प्रक्रिया बारे माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्रीबीच छलफल


काठमाण्डौ,फागुन १७

पहिलोपटक दलितसँग सम्बन्धित विभिन्न विषयवस्तुमा खोज र अनुसन्धान गरी प्रकाशित तथा प्रसारित सामग्रीको प्रदर्शनी गर्ने उद्देश्यले मुलुकका मुख्य सहरमा हुन लागेको ‘दलित सूचना मेला–२०६८’ लाई सफल पार्न दलित सङ्घसंस्थाले सहकार्य गर्ने भएका छन् ।

  ‘दलित सूचना मेला– एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री डा बाबुराम भट्टराईबीच आज वार्ता भएको छ । अध्यक्ष दाहालको निवास लाजिम्पाटमा भएको वार्तामा अवरुद्ध  शान्ति प्रक्रिया र संविधान निर्माणको कामलाई गति दिने विषयमा छलफल भएको छ । दुवै नेताबीच शान्ति र संविधानलाई निष्कर्षमा पु¥याउन आ–आफ्नो स्थानबाट पहल गर्ने तथा शान्ति प्रक्रियाका सम्बन्धमा अध्यक्ष दाहालले तयार पार्नुभएको प्रस्तावलाई बटमलाइन मानेर अघि बढ्ने सहमति भएको अध्यक्ष दाहालका प्रेस संयोजक सन्तोष पौडेलले  जानकारी दिनुभयो ।

 भेटमा अध्यक्षले सरकारका तर्फबाट सेना समायोजनको समयावधिसहितको स्पष्ट खाका बाहिर ल्याउन प्रधानमन्त्री डा भट्टराईसँग आग्रह गर्नुभएको थियो । जवाफमा प्रधानमन्त्री डा भट्टराईले राजनीतिक तहमा सहमति भएलगत्तै नेपाली सेनाले त्यसबारे खाका ल्याउने र त्यसका लागि सेना तयार रहेको बताउनुभएको थियो । 

Related

समाचार 1498701657166097639

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item