रेडक्रसको ३२ औं राष्ट्रिय गोष्ठीको तयारी पुरा
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_2288.html
शिव काफ्ले,सिन्धुली,फागुन १२
“जुनियर र युवा सशक्तिकरणले ल्याउँछ मानवीय सेवामा ठुलो टेवा” भन्ने मुल नाराकासाथ हुन लागेको नेपाल रेडक्रस सोसाईटीको ३२ औं राष्ट्रिय गोष्ठीकालागि सम्पुर्ण तयारी पुरा भएको छ । जुनियर रेडक्रस सर्कल श्री जनज्योति उच्च माध्यामिक विद्यालय क.न.पा. ४, फोस्रेटारमा आगामी फाल्गुन १४ र १५ गते हुन लागेको राष्ट्रिय गोष्ठिको सम्पुर्ण तयारी पुरा भएको पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तीमा उल्लेख छ ।
नेपाल रेडक्रसको अभिन्न अंगको रुपमा रहेको जुनियर÷युवा रेडक्रस संगठनमा बालबालिका तथा युवा वर्गलाई आवद्ध गराई कार्यक्रमहरुको माध्यमबाट मानवीय सेवालाई प्रभावकारी बनाउन उनीहरुको व्यवस्थापकीय क्षमता अभिबृद्धिका साथै व्यक्ति स्वयंपनि लाभान्वित हुन सक्नेगरि स्वयंसेवी कार्यकर्ताको रुपमा विकास तथा सेवामा परिचालन गराउनु जुनियर ÷ युवा रेडक्रसको लक्ष्य रहेकोपनि उक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै जनज्योति उच्चमाध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माणिक ढकालले सिन्धुलीमा हुन लागेको रेडक्रसको ३२ औं राष्ट्रिय गोष्ठीले देशैभरि महत्वपुर्ण सन्देश जाने बताउनुभयो । उहाँले गोष्ठीकोसाथै सिन्धुली जिल्लाको पहिचानकावारेमापनि सहभागिहरुलाई जानकारी गराईने बताउनुभयो ।
यसैगरि नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठले गोष्ठीका सहभागिहरुलाई ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गराईने र विभिन्न काष्ठकलाहरुको अवलोकन गराईने बताउनुभयो । उहाँले सिन्धुली आएका पाहुनाहरुलाई याहाँकोबारेमा जानकारी दिन सकिएको खण्डमा जिल्लालाई चिनाउन सकिनेपनि वताउनुभयो ।
गोष्ठीमा सिन्धुलीबाहेक ७४ जिल्ला शाखाबाट जुनियर रेडक्रस कार्यक्रममा सहभागि भएका मध्ये सक्रिय जुनियर र युवा एक छात्र र एक छात्रा गरि दुई जना र शिक्षक नायक मध्ये एक जनागरि तीन जनाको सहभागिता रहने छ भने रेडक्रस केन्द्रिय जुनियर युवा रेडक्रस समितिबाट १५ जनाको सहभागिता रहने छ । यसैगरि भुतपुर्व केन्द्रिय जुनियर युवा रेडक्रस समितिका सभापतिहरु चार जना, रेडक्रस केन्द्रिय कार्यसमितिका पदाधिकारीहरु १५ जना र विभिन्न जिल्ला शाखाहरुबाट सभापति वा प्रतिनिधी मध्ये २० जनाको सहभागिता रहनेपनि विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गोष्ठीमा रेडक्रस केन्द्रिय जुनियर युवा समितिको प्रतिवेदन, युवा व्यवहार परिवर्तनमा नर्वेजियन रेडक्रसको अनुभव, भुकम्पीय सुरक्षामा जुनियर एवं युवा रेडक्रसको भुमिकाको विषय, नेपाल रेडक्रसद्वारा क्ष्ऋच्ऋ को समन्वयमा संचालित गतिविधिहरु लगाएत सर्कल व्यवस्थापन, पुर्ण सरसफाई अभियानमा जुनियर, युवा रेडक्रस सदस्यहरुको मानवीय गतिविधहरुमा संलग्नताको विषयलाई प्रस्तुत गरिने छ । यसैगरि हुनलागेको गोष्ठीको अन्तिम दिन प्रतिवद्धताहरु सहित सिन्धुली घोषण–पत्र जारी गर्ने कार्यक्रम रहेको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !