जन्तीबस दुर्घटनामा बेहुलासहित ३१ जना घाइते


काभ्रे,फागुन १२

सिन्धुपाल्चोकको बाँसबारी गाविस ९ थाक्ले भन्ने स्थानमा आज विहान जन्ती बस पल्टिदाँ बेहुलासहित ३१ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ७ जनाको अवस्था चिन्ताजनक छ जन्ती बोकेर  बाँसबारीबाट महाङ्काल तर्फ जाँदै गरेको बा.२ ख. ३९२९ नम्बरको बस दुर्घटनामा परेको हो ।

 खचाखच जन्ती बोकेको बस ब्रेक फेल भएर कच्ची सडकबाट एक सय मिटर तल खसेको इलाका प्रहरी मेलम्चीले जनाएको छ । बस दुर्घटनामा गम्भीर घाइते भएका ७ जनाको काभ्रेको धुलिखेलमा र सामान्य घाइतेहरुको मेलम्ची स्वास्थ्य केन्द्रमा उपचार भइरहेको मेलम्चीका प्रहरी निरिक्षक लोकहरि खनालले जानकारी दिनुभयो । 

Related

समाज दर्पण 8286877763843660943

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item