शीर्ष नेतामा जिम्मेवारी बाँडफाँड



काठमाडौं,  फागुन १२
 बिभिन्न आयोग गठन, शान्ति र संविधानका बिषयमा सहमित खोज्न प्रमुख दलका शीर्ष नेताहरुले आज जिम्मेवारी बाँडफाँड गरेका छन् । एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले शान्ति र सेनासमायोजन, कांग्रेस सभापति सुशील कोइरालाले बिभिन्न आयोग गठन र एमाले वरिष्ठ नेता माधवकुमार नेपालले संविधानका बिवादित बिषयमा सहमतिको प्रस्ताव बनाउने छन् । लाजिम्पाटस्थित एकीकृत माओवादीका अध्यक्ष दाहालको निवासमा शुक्रावर विहान बसेको बैठकमा तीनै दलका शीर्ष नेताहरुले निकास खोज्न जिम्मेवारी लिएका हुन् ।

आफूले पाएको जिम्मेवारी अनुसार शीर्ष नेताहरुले भोलि शनिवार पुनः बस्ने बैठकमा शान्ति, सेना समायोजन, आयोगहरु गठन र संविधानका बिवादित बिषय अहिले सम्म टुङगो लाग्न नसक्नुको कारणा समेत पेश गर्नुपर्ने छ । त्यस पछि अन्तिम सहमतिका लागि पहल गर्ने एमाले नेता नेपालले बताउनुभयो । जिम्मेवारी अनुसार समाधानका प्रस्तावसहित वार्ता गर्ने निष्कर्षमा शीर्ष नतोहरु सहमति भएका हुन् ।

एमाले वरिष्ठ नेता नेपालले संविधान निर्माणमा रहेका विवादको सहमति खोज्ने जिम्मा आफूले पाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रिया र सेना समायोजन सम्बन्धी विवादमा सहमति खोज्ने जिम्मा प्रचण्डजी र आयोगको जिम्मेवारी सुशीलजी ले लिनुभएको छ ।’

दलहरुले शान्ति, संविधान र आयोगहरु बनाउने बिषयलाई आउँदो हप्ताभित्र सहमति गरेर टुङगो लगाउने जनाएका छन् ।

Related

राष्ट्रिय 7231033195554042536

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item