सिन्धुलीमा विगत केहीदिन देखि सडक दुर्घटना बढ्दो
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_8291.html
धुर्वचन्द्र खड्का/अञ्जु तामाङ ,सिन्धुली,फागुन ११
सिन्धुली जिल्लामा विगत केहीदिन देखि सडक दुर्घटना दिन प्रतिदिन बढिरहेको छ । सवारी नियम पालना नगरेको र मदिरा सेवन गरेर सवारी चलाउदा दुर्घटना हुने गरेको हो ।बुधवार राति सिन्धुलीको चियावारीवाट सिन्धुलीमाढी आउदै गरेको बा ३९ प ९२६९ नंम्बरको मोटरसाईकल कमलामाई नगरपालीका ९ स्थित ढुंग्रेवास २ नंम्बर गेटमा दुर्घटना हुदा मोटरसाईकल चालक गम्भिर घाईते भएका छन् । घाईते हुनोमा कमलामाई नगरपालीका ९ निवासी पवन बहादुर मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
जिल्ला अस्पताल सिन्धुलीमा उपचार हुन नसकेपछि काठमान्डौ रिफर गरिएको र अहिले उपचार भै रहेको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । तिब्र गति र मदिरा सेवन गरेकाले दुर्घद्धना भएको प्रहरीको अनुमान रहेको प्रहरी कार्यालयले जनाएको छ । त्यसैगरी बिहिवार बिहान काठमान्डो बाट सिन्धुलीमाढी आएदै गरेको बा १ झ १९३३ नंम्बरको बोलेरो रिठ्ठे भिरमा दुर्घटना भएको छ । तिब्र गतिका कारण दुर्घटना भएपनि बुलेरेमा सवार यात्रुको अबस्था सामान्य भएको र घटना स्थलमा प्रहरी टोली खटाईएको जिल्ला प्रहरीकार्यालय सिन्धुलीका प्रहरी नायव उपरिक्षक लोकेन्द्र श्रेष्ठले जानकारी दिनुभयो । सोही रिठ्ठे भिरमा गत असोज २६ गदे बिपि यातायातको बस दुर्घटना हुदाँ ४१ जनाको घटना स्थलमै मृत्यु भएको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !