जातीय राज्यले माओवादीमा पछुतोमा:पराजुली


चितवन, फागुन १६ 

कांग्रेसका सभासद शोभाखर पराजुलीले जतीय राज्यको बिषय उठाएकोमा माओवादी सभासदहरुले पछुतो मान्ने गरेको बताउनुभएको छ । चितवनमा आज प्रेस युनियनले गरेको कार्यक्रममा उहाँले आफुसंगको अनौपचारीक कुराकानीमा माओवादी सभासदहरुले आफैले खनेको खाल्डोमा आफै पुरीने हो की भनेर डर मान्न थालेको बताउनुभयो । 

उहाँले जातीय राज्यले अहिले माओवादी साथीहरुलाई निल्नु न ओकल्नु बनाएको दाबी गर्नुभयो । बहालवाला मन्त्री लेखराज भट्टले अखण्ड सुदुर पश्चिमको पक्षमा थालेको आन्दोलन त्यस्को ज्वलन्त प्रमाण रहेको नेता पराजुलीले भनाई थियो । माओवादीले पूर्व सहमती कार्यान्यवनमा इमान्दारीता नजनाउदा राष्ट्रिय राजनीति अझै अन्यौलग्रस्त रहेको उहाँले बताउनुभयो ।

Related

राष्ट्रिय 3535507455433161946

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item