फागुण १९ सम्म पनि सहमति नजुटे संविधानका विवादित विषय प्रक्रियाबाट अगाडि बढाईने


काठमाडौ, फागुण १६  
आगामि फागुण १९ गतेसम्म पनि संविधान निर्माणका क्रममा देखिएका विवादित विषयमा दलहरुवीच सहमति बन्न नसके विवादलाई प्रक्रियाबाट अगाडि बढाईने भएको छ । 

संबैधानिक समितिका सभापति निलाम्बर आचार्यले सन्चारकर्मीसँग कुरा गर्दै तीन दलवीच सहमति बन्न नसकेको कारण संविधान निर्माण प्रक्रिया रोकिन गएको भन्दै अब सहमति हुन नसकेको विषयलाई फागुण १९ गतेबाट बहुमतको प्रक्रियाबाट टुङग्याएर भए पनि अगाडि बढाउने बताए । 
उनले विवाद समाधान उपसमितिमा सहमति भए पनि संबैधानिक समितिमा आएर फेरि विवादित बनेका १४ वटा विषयलाई बहुमतीय प्रक्रियाबाट अगाडि बढाउने र अरु विवादित विषयहरुमा भने उपसमितिमा छलफल गरेर सहमति जुटाउने बताए । 
उनले अहिलेकै अवस्थाले जेठ १४ गते भित्र संविधान बन्न सक्ने अवस्था क्षिण बनेको भन्दै तत्काल सहमति गरेर प्रक्रिया अगाडि नबढाए संविधान नबन्ने बताए । 

Related

प्रमूखखबरहरु 5894897650845894386

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item