श्रमजीवी पत्रकार ऐन लागू गराउन पत्रकारहरू आन्दोलित


सुजन अधिकारी, चितवन,फागुन १६

नेपाल पत्रकार महासङ्घ चितवन शाखाले श्रमजीवी पत्रकार ऐन लागु गराउन आन्दोलनका कार्यक्रम अन्तर्गत आजबाट चरणवद्ध आन्दोलनको कार्यक्रम सुरु गर्दै छ । आन्दोलनको पहिलो चरणको कार्यक्रम अन्तर्गत आज चितवनका सम्पूर्ण मिडिया प्रतिष्ठानको ढोकामा श्रमजीवी पत्रकार ऐन पूर्ण रुपमा लागु गर भन्ने मूल नाराको ब्यानर राख्ने, आजै चितवनमा सञ्चालित सबै सञ्चार माध्यमको व्यवस्थापन समूहलाई लिखितरूपमै आफ्ना श्रमजीवी पत्रकार तथा कामदार कर्मचारीहरुका सेवा सुविधासहितको सम्पूर्ण विवरण फागुन २३ गतेसम्म पत्रकार महासङ्घमा बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । 

त्यसैगरी, मिडिया प्रतिष्ठानमा कार्यरत श्रमजीवी पत्रकार, कर्मचारीहरुले पनि फागुन २३ गतेभित्रमा नै ऐन अनुसारको सेवा सुविधा नपाएको भए तत्काल कार्यान्वयन गर्न व्यवस्थापकलाई लिखित रुपमा निवेदन दिई सोको बोधार्थ पत्रकार महासंघ चितवनमा समेत बुझाउन आह्वान गर्ने निर्णय गरेको छ । श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सन्दर्भमा आवश्यक छलफल गर्न फागुन २१ गते चितवनमा क्रियाशील विभिन्न सञ्चार सङ्गठनहरुसँग अन्तरक्रिया गर्ने र फागुन २८ गते चितवनमा रहेका सबै सञ्चार माध्यमका प्रमुखहरुलाई नै उपस्थित गराएर ऐन कार्यान्वयनका लागि सार्वजनिक प्रतिवद्धता तथा हस्ताक्षर गराउने निर्णय गरेको महासङ्घका सचिव राधेश्याम खतिवडाले जानकारी दिनुभयो ।

Related

प्रमूखखबरहरु 6568537798604642769

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item