ट्रक त्रिशुलीमा खस्दा चालकको मृत्यु

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_5580.html
चितवन, फागुन १६
नारायणगढ मुग्लिन सडक खण्डको सिमलतालमा आज बिहान ट्रक पल्टिदा चालकको मृत्यु भएको छ । बीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको १ ख ४९०३ नम्बरको ट्रक आज विहान कविलास गाविसको सिमलतालबाट १ सय मिटर तल त्रिशुली नदीमा खस्दा चालक बाबुराम बिकको मृत्यु भएको हो ।
मकवानपुरको हटिया गाविस वडा नम्वर ९, घर भएका ४१ वर्षीय चालक विकको शव भरतपुर अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनले जानएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !