अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनद्वारा इलाम घोषणा–पत्र जारी


सोम सुनुवार, इलाम,फागुन १६

नेपाली साहित्यको वर्तमान अवस्था थाहा पाउने उद्देश्यले अस्तिदेखि इलाममा जारी अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलनले हिजो इलाम घोषणापत्र जारी गरेको छ । नेपाली रचनालाई अङ्ग्रेजीलगायत अन्य भाषामा अनुवाद गरि प्रकाशन गर्ने, नेपाली भाषामा लेखिएका उत्कृष्ट कृति र रचनाको छनोट र सङ्कलन गर्नेलगायतका ६ बुँदे घोषणापत्र जारी गरेको हो । 

अन्तर्राट्रिय नेपाली साहित्य समाज नेपाल च्याप्टर र अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन इलामको संयुक्त आयोजनामा भएको कार्यक्रममा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका साहित्यकारको जमघट रहेको  थियो । समग्र नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको भुमिकालगायतको विषयमा छलफल भएको थियो । नेपाली कृति र रचनाहरुलाई देश विदेशमा पु¥याउन विभिन्न पत्रपत्रिका, अनलाईन पत्रिका र वेभसाईटहरु प्रयोग गर्नेलगायत घोषणापत्र जारी गरिएको छ । आज करफोकमा विविध कार्यक्रम गरी साहित्य सम्मलेनको समापन गरिने आयोजक समितिका संयोजक युद्धप्रसाद वैद्यले जानकारी दिनुभयो । करफोक साहित्यिक इतिहासमा ज्यादै महत्वपूर्ण मानिएको ठाउँ हो ।

Related

समाज दर्पण 7049055728560479293

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item