सर्लाहीको धनगढामा डकैती, ६ लाख बराबरको धनमाल लुटियो ॥

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_6713.html

फाल्गुन १६ गते, सर्लाही
सर्लाहीको धनगढामा गएराति डकैति हुँदा करिब ६ लाख बराबरको धनमाल डाँका समूहले लुटेर लगेको छ । धनगढा ३ बस्ने लालबाबु राय रास विहारी राय किशुन देव राय र राम ध्यान रायको घरमा डकैती भएको सशस्त्र प्रहरीले जनाएको छ ।
डाँकाको प्रतिकारमा स्थानिय लालबाबु राय र सिकिन्द्र राय समान्य घाइते भएका छन् । १५/१६ जनाको समूहमा आएका हतियारधारी डाँकाहरुको समूहले ३ लाख ९१ हजार नगद सय तोला चाँदी आधा तोला सुन २ थान मोवाइल सेट तथा लत्ताकपडा लुटेर लगेको सशस्त्र प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
घटनाबारे जानकारी पाउने बित्तिकै घटनास्थलमा सशस्त्र प्रहरीको टोली पुगेपछि डाँकाहरु हवाई फाइरिङ गर्दै भागेको स्थानिय शिक्षक मिश्रीलाल रायले जानकारी दिनुभयो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !