माओवादीले सहमति गरे ७ दिनमै संविधान बन्ने काँग्रेस सभापति शुशिल कोइरालाको दावी


फाल्गुन १६ गते सुरेश बिडारी, सर्लाही

नेपाली काँग्रेसका सभापति सुशिल कोइरालाले शान्ति प्रकि्रया मोओवादीमा निर्भरले माओवादीले सहमति गरे ७ दिनमै संविधान बन्ने दावी गुर्नभएको छ । उहाँले माओवादीले नै ६ वर्षदेखि बाधा व्यवधान खडा गरेर समस्या सिर्जना गरेको आरोप लगाउनुभयो ।

सामुदायिक रेडियो एकता ९२।४ मेगाहर्जसंग कुराकानी गर्नुहुँदै उहाँले सेना प्रभावित हुने किसिमले गरिने सेना समायोजन नेपाली काँग्रेसले कुनै पनि हालतमा नमान्ने बताउनुभयो । ७ बुँदे सम्झौता अनुसार अगाडी बढनुपर्नेमा उहाँले जोड दिनुभयो । माओवादीले कम्युनिष्ट शासन सर्वशत्तावादी शासन लादन खोजिरहेको बताउँदै उहाँले प्रजातन्त्रको बहुलबाद छाडेर कुनैपनि कुरामा सम्झौता नहुने बताउनुभयो ।

नेपाली काँग्रस सर्लाहीले हिजो छतौनामा गरेको आमशभामा सम्बोधन गर्न सर्लाही आउनुभएका सभापति कोइरालले माओवादी बन्दुकको लडाइ लडिरहेको र काँग्रेस विचारको लडाई लडिरेहेको दावी गर्दै कोइरालाले सदैव विचारको लडाई सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो राणाले प्रजातन्त्रसंग नीहुँ खोजे राणा गए पाचायतले नीहुँ खोज्यो पाचायत गयो राजाले नीहुँ खोजे राजा गए तानाशाही शासन गर्ने सधै पतन भैरहेको छ माओवादीले यो कुरा बुझनुपर्छ । जनतामा जागरण आइसकेकोले डर धम्की दिएर जो अगाडी बढ्छ उ कहिल्यै सफल नहुने कोइरालाको भनाई थियो । अर्को प्रसंगमा उहाँले माओवादी एमालेले पटक पटक सरकारको नेतृत्व गर्दापनि शान्ति प्रकि्रया र संविधान निर्माण अगाडी नबढेको बताउँदै अबको सरकारको नेतृत्व गर्ने पालो नेपाली काँग्रेसको भएको बताउनुभयो ।

काँग्रेस नेतृत्वको सरकारले मात्रै शान्ति र संविधानको टुङगो लगाउने ठोकुवा गर्नुभयो । तपाई प्रधानमन्त्री बन्नुहुन्छ की भन्ने प्रश्नमा उहाँले आफू सभासद पनि नरहेको र पदको लालचा नरहेकोले प्रजातन्त्रको स्थायीत्वका लागि विपीको सिद्धान्त स्थापीत गर्दै अगाडी बढ्ने बताउनुभयो ।

कोइरालाले पार्टीभित्र कुनै पनि विवाद नभएको भ्रम छर्ने काम मात्र भैरहेको दावी गर्नुभयो । आराजकताले पार्टीमा समस्या देखिएको बताउँदै सभापति कोइरालले पार्टीमा अनुशासन कायम गरी अगाडी बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । भ्रष्टाचारीलाई कारबाही हुनु सकारात्मक भएको बताउँदै उहाँले माओवादीमा रहेको हत्या आरोप लागेका नेताहरुलाई पनि कारबाही गरेर देखाउन सरकारलाई चुनौति दिनुभयो ।

यसैबीच नेपाल सदभावना पार्टीका तर्फबाट संविधान सभाको क्षेत्र नं तिनको उम्मेदवार भोला सहनी र १९ वर्षदेखि एमालेमा सकि्रय रहेका एमालेका कार्यकर्ता लालबन्दी-४ का पदम बहादुर वाईवाले पार्टी परित्याग गरी काँग्रसमा प्रवेश गरेका छन् ।

Related

प्रमूखखबरहरु 3498701441110744695

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item