पेट्रोलियम पदार्थ सहज आपूर्ति गर:लेखा

काठमाडौं, फागुन  १६
संसदको सार्वजनिक लेखा समितिले सरकारलाई पेट्रोलियम पदार्थको सहज आपूर्ति बनाउन भन्दै प्रभावकारी बजार अनुगमन गर्न निर्देशन दिएको छ । समितिको सिंहदरबारमा बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बृद्धि हुँदा समेत उपभोक्ताले बजारमा सहज रुपमा पेट्रोलियम पदार्थ पाउन नसकेको भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । बजार अनुगमनका साथै पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशने निर्णय गरेको समिति सभपाति रामकृष्ण यादवले जानकारी दिए ।

समितिले पेट्रोलियम पदार्थ व्यापारीले लुकाएको भन्दै प्रभावकारी रुपमा बजार अनुगमन गर्न बाणिज्य तथा आपूर्ति व्यवस्था बिभागलाई निर्देशन दिएको छ । बजार अनुगमन नहुँदा उपभोक्ताले समस्या बेहोर्नु परेको लेखाको भनाई छ । सभासदहरुले मूल्य बृद्धि हुँदा समेत सहज रुपमा खाना पकाउने ग्याँस उपभोक्तालाई
उपलब्ध नगराएको भन्दै आपूर्तिमन्त्रीको आलोचना गरेका थिए । उनीहरुले दुई महिना सम्म खाना पकाउने ग्याँस, पेट्रोल, डिजेल र मट्टितेल सहज रुपमा उपलब्ध  हुन नसक्नुमा सरकारको कमजोरी रहेको आरोप लगाए । बजारमा पेट्रोलियम पदार्थको चरम अभाव र मूल्य बृद्धिका सम्बन्धमा जानकारी लिन लेखाले आपूर्तिमन्त्री र आयल निगमका पदाधिकारीलाई बोलाएको थियो । 

यसैवीच, लेखाले राजधानी जोड्ने फास्टट्रयाकका बिषयमा जानकारी लिन रक्षा र भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिवलाई बोलाएको छ । मन्त्रालयका सचिवसँग फास्टट्रयाकको आर्थिक पारदर्शिता र समयमा काम हुन नसकेका बिषयमा जानकारी लिने सभापति यादवले बताए ।

Related

प्रमूखखबरहरु 5404179244025065085

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item