शिक्षकहरुद्वारा जिल्ला शिक्षा कार्यालयमा धर्ना

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_7298.html
शिव काफ्ले सिन्धुली, फागुन १५
शिक्षकहरुले उनीहरुको घोषित आन्दोलनको कार्यक्रम अनुसार सोमबार जिल्ला शिक्षा कार्यालयको गेटमा कामरोक धर्ना दिएका छन् । धर्नाकाकारण जिल्ला शिक्षा अधिकारी लगाएत जिल्ला शिक्षा कार्यालयमा कार्यरत कोही पनि कर्मचारीहरु प्रवेश गर्न पाएनन् । कार्यालयको गेटमा ब्यानर राखि धर्नामा बसेका शिक्षकहरुले शान्तिपुर्ण धर्ना दिएको बताएका छन् । सो धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल शिक्षक युनियनका अध्यक्ष कुलमणी आचार्यले राजधानी लगाएत देशका विभिन्न स्थानमा शिक्षकहरुलाई प्रहरीले गरेको दमनप्रति विरोध गर्दै सरकारले जतिसुकै बल प्रयोगगरि तर्साउन खोजेपनि आफूहरुको आन्दोलन जारी रहने बताउनुभयो ।
उहाँ भन्नुहुन्छ 'बरु रगत बगाएर शहिद हुन तयार छौँ तर माग पुरा नगरेसम्म आन्दोलन रोक्नेवाला छैनौँ ।’ शिक्षकहरुको मागमा जिम्मेवार बन्नुपर्नेमा सरकारले शिक्षकहरुको आन्दोलनलाई दमन गरकोले उनले यो प्रवृति पञ्चायति व्यवस्था दोहो¥याएको बताए । माग पुरा गर्नकालागि जस्तोसुकै आन्दोलनका कार्यक्रमहरु गर्न सकिने उहाँले वताउनुभयो ।
धर्नालाई सम्बोधन गर्दै अखिल नेपाल शिक्षक संगठनकी उपाध्यक्ष सविता कोईरालाले सरकारले गरेको दमनले अझ कडा आन्दोलन निम्त्याएको बताउनुभयो । शान्तिपुर्ण आन्दोलन गरिरहेको अवस्थामा नै सरकारले दमन गर्नुमा सरकार शिक्षकहरुको मागमा संवेदनशील नभएको भन्दै कोईरालाले सरकारले गरेको जस्तो सुकै दमन र हस्तक्षेपको पर्वाह नगरी आफ्ना जायज माग पुरा नहुँदासम्म आन्दोलन नरोक्नेमा जोड दिनुभयो । शिक्षकहरुको धर्नाका कारण विद्यालय पुगेका विद्यार्थीहरुलाईसमेत हाजिर नगरि फर्काईएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !