बैंक मार्फत भत्ता भन्दै दुख मात्र दियो:सेवाग्राही

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_3186.html
शिव काफ्ले ,सिन्धुली,फागुन १५
सरकारले नगपालिका भित्रका सवै वडाहरुका बृद्धबृद्धा अपाङ्गहरुलाई बैंक मार्फत भत्ता दिने निर्णय गरेपछि भत्ता बुझ्नकालागि सिन्धुलीको राष्ट्रिय बाणिज्य बैंकमा बृद्ध बृद्धाहरुको भिड लाग्न थालेको छ । कमलामाई नगरपालीका भित्रका विभिन्न स्थानबाट आएका ती बृद्ध बृद्धाहरु कोही आँखा नदेख्ने छन् भने कोही हिँडडुल समेत गर्न नसक्ने छन् ।
मंगले तामाङ्ग मात्र होईन भिमानबाट आएका ८० बर्षीय बाहादुर गिरीको पनि त्यस्तै गुनासो रहेको छ । उनी भन्छन्–‘सधैँ घर घरमै पु¥याई दिएको थियो तर अहिले यो अवस्थामा हामीलाई यहाँ किन ल्याईएको हो खै कुरा केहि बुझ्न सकिएन, सरकारले हामीलाई भत्ता बुझ्न आउँदै मार्ने भयो ।’ ‘यसरी शरिरका सवै अंग दुख्न थालेपछि हामी जस्ता बुढाबुढीहरुको के हालत होला ? उनले थकित हुँदै भने ।
सरकारले गरेको यो निर्णयले बृद्ध बृद्धाहरु धेरै मार्कामा परेको र आफुहरुलाई पनि साह्रै समस्या भएको राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत कर्मचारीहरुको भनाई रहेको छ । नाम उल्लेख नगर्ने एक कर्मचारीका अनुसार अव शुक्रबार र शनिबारको समय मिलाएर भत्ता वितरण गरिने छ । उनका अनुसार बैंकका कर्मचारीहरुलाई समेत समस्या परेको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !