लालबन्दीमा जननेता मदन भण्डारीको जीवनमा आधारित दासढुङ्गा चलचित्रको च्यारिटी


सुरेश बिडारी,सर्लाही,फागुन १५
चलचित्र पत्रकार संघ शाखा सर्लाही–महोत्तरीले सर्लाहीको लालबन्दीमा जननेता मदन भण्डारीको जीवनमा आधारित दासढुङ्गा चलचित्रको च्यारिटी सो गर्ने भएको छ । सर्लाही र महोत्तरीमा क्रियाशिल रहेका रङ्ग पत्रकारहरुको कल्याणकारी कोष स्थापनाका लागि चैत १ गते चलचित्रको सो गर्न लागिएको हो ।

 विणा चलचित्र मन्दिरमा हुने प्रदर्शनीबाट उठेको रकमले यस क्षेत्रमा क्रियाशिल रङ्ग पत्रकारहरुको हितका लागि कल्याणकारी कोष स्थापना गर्ने संघका अध्यक्ष चन्द्र राइले जानकारी दिनुभयो । 

राजधानीमा भन्दा मोफसलमा रही चलचित्र पत्रकारिता गर्न गठिन हुने भएकोले संगठित भएर च्यारिटीमार्फत केही रकम संकलन गर्न लागिएको संघकी कोषाध्यक्ष सचिता बुढाथोकीले जानकारी दिनुभयो । गत मसिंर ३ गते गठन भएको संघको शाखामा सर्लाही र महोत्तरीका रङ्ग पत्रकारहरु आवद्ध रहेका छन् ।

Related

मनोरञ्जन 3955025762254428066

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item