बम विस्फोटमा तीनको मृत्यु, घाइतेको उपचार सरकारले गर्ने

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_3648.html
काठमाडौं, फागुन १५
काठमाडौंको बबरमहलमा रहेको नेपाल आयल निगम अगाडि बम विस्फोटमा परी तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना धादिङ बैरेनीका कृष्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । दुईजनाको अझै सनाखत हुन सकेको छैन । बम विस्फोटपछि दुई जनाको घटनास्थलमै र एक जनाको वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । घटनामा परी घाइते भएका अरू सात जनाको वीर अस्पतालमा उपचार भइरहेको छ । बम विस्फोटनमा परी घाइते हुनेहरूमा ३७ वर्षका प्रेम तामाङ, सोमबहादुर तामाङ, नेपाल आयल निगम धनगढीमा कार्यरत विष्णुप्रसाद फुलारा, सन्चार मन्त्रालय कम्प्युटर अपरेटर भक्तपुरका रघुनाथ खड्का, धादिङका ६५ वर्षका लालबहादुर तामाङ, ४० वर्षका मानबहादुर कुँवर, भीमबहादुर कुँवर र ललितपुर लुभुका २० वर्षका बासु श्रेष्ठ छन् ।
यसैबीच सरकारले घटनाबारे छानवीन गर्न प्रहरी नायब महानिरीक्षक उपेन्द्रकान्त अर्यालको संयोजकत्वमा छानवीन टोली गठन गरेको छ । घटनाबारे छलफल गर्न बसेको गृहमन्त्री र सुरक्षा अधिकारीरूको बैठकले टोली गठन गर्ने निर्णय गरेको हो । यसैगरी बैठकले बम काण्डप्रति खेद व्यक्त गरेको छ । घटनाको जिम्मेवारी संयुक्त जातीय मुक्ति मोर्चा नामक संस्थाले लिए पनि सुरक्षा निकायले घटनामा संलग्न कसैलाई पक्राउ गर्न सकेको छैन । तैपनि घटनामा संलग्न व्यक्तिहरूको पहिचान भइसकेकोले केही दिनमा पक्राउ गर्न आफूहरू सफल हुने दाबी भने सुरक्षा निकायले गरेको छ । मोर्चाका संयोजक विश्व क्रान्तिले सरकारले फेरि मूल्य बढाएको विरोधमा आफूहरूले बम विस्फोट गराएको विभिन्न सन्चारमाध्यमलाई जानकारी दिएका छन् ।
यसैबीच घाइतेहरूको अवस्था बुझ्न वीर अस्पतालमा पुग्नुभएका गृहमन्त्री विजयकुमार गच्छदारले घाइतेहरूको उपचार खर्च सरकारले बेहोर्ने बताउनुभएको छ । बम विस्फोटको घटना सुरक्षा संयन्त्रका लागि गम्भीर चुनौती भएको पनि गृहमन्त्रीले प्रतिक्रिया दिनुभएको छ । राजधानीमा तीन जनाको मृत्यु हुने गरी भएको बम विस्फोटपछि सुरक्षा निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिइएको छ ।
यसैबीच बम विष्फोटको घटनाले वर्तमान सरकार शान्ति सुरक्षा कायम गर्न असफल भएको देखिएको बताएको छ । दिउँसो सिंहदरबार नजिकै भएको यस्तो घटनाप्रति एमालेले दुःख व्यक्त गर्दै निन्दा एवं भत्र्सना पनि गरेको छ । आज विज्ञप्ति निकालेर एमालेले जुनसुकै समूहका जायज मागको सुनवाई वार्ता एवम् छलफलको माध्यमबाटै गर्न सकिने भएको भन्दै त्यसतर्फ सचेत हुन पनि त्यस्ता भूमिगत संघसंगठनलाई भनेको छ । साथै विज्ञप्तिमा घटनाका दोषी पत्ता लगाउन, मृतकका परिवारलाई उचित क्षतिपूति दिन र घाइतेहरुको उपचारको उचित व्यवस्था मिलाउन पनि सरकारसँग माग गरेको छ ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !