चरीमायालाई सम्मान




नुवाकोट,फागुन १५ 

चेलीबेटी बेचबिखनविरुद्धको अभियानमा भएको क्रियशीलताका कारण अन्तर्राष्ट्रियस्तरको पुरस्कार जित्न सफल शक्ति समूहकी संस्थापक चरीमाया तामाङलाई यहाँ सम्मान गरिएको छ । एक्काइस राजनीतिक दलसम्बद्ध भ्रातृ सङ्गठनको साझा मोर्चाले मानव बेचबिखनविरुद्ध युवा सहकार्य अभियान अन्तर्गत गत २७ जुनमा अमेरिकी विदेशमन्त्री हिलारी क्लिटनद्वारा ‘आधुनिक दासत्व अन्त्यका लागि कार्यरत नायक २०११’ का पुरस्कृत व्यक्तित्व तामाङलाई आइतबार सम्मान गरेको हो । युवा तथा विद्यार्थीबीच सहकार्य र विश्वास तथा समुन्नत समाजका लागि दिगो विकास विषयक बेचबिखनविरुद्धको अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले उहाँलाई सम्मान गर्नुभयो । एक्काइस राजनीतिक दलका संयुक्त युवा तथा विद्यार्थी मञ्च एवम् डेमो फिनल्यान्ड नामक गैरसरकारी संस्थाको संयोजकत्वमा उक्त कार्यक्रम भएको हो ।

 यहाँस्थित राजनीतिक दलका युवा तथा विद्यार्थीको सहभागितामा अन्तक्र्रिया गरी हस्ताक्षर अभियान समेत सञ्चालन गरिएको थियो । त्यसपछि युवा तथा विद्यार्थी र प्रहरी समेतको सहभागितामा निकालिएको ¥यालीले मानव बेचबिखन मानवताविरुद्धको अपराध भएको भन्दै अब बन्ने नयाँ संविधानमा चेलीबेटी बेचबिखन विरुद्धको ऐननियमको ग्यारेन्टी गरिनुपर्ने माग गर्दै नारासमेत लगाएको थियो । सम्मानित तमाङले सरकारी तवरबाट बन्ने नीतिनियम एवम् संयन्त्रको निर्माणले मात्र चेलीबेटी बेचबिखन समस्या निराकरण गर्न नसकिने भन्दै सरकारले कार्यान्वयन पक्षमा बढी जोड दिनुपर्ने बताउनुभयो । नुवाकोट चेलीबेटी बेचबिखनको हिसाबले सिन्धुपाल्चोकपछि सबैभन्दा प्रभावित दोस्रो जिल्ला मानिन्छ ।

Related

समाज दर्पण 6098062245117533270

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item