गुप्तालाई मन्त्रीबाट हटाउने र नयाँ जिम्मवारी दिने विषयमा मन्त्रीपरिषदमा छलफल हुने

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_351.html
काठमाडौ, फागुण १५
नेपाल सरकार मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा दिउँसो ४ बजेपछि बस्ने बैठकमा सर्वोच्चद्वारा भ्रष्टाचारी ठहर भएपछि जेल परेका सूचना तथा सञ्चारमन्त्री जयप्रकाश गुप्तालाई मन्त्रिपरिषद्बाट हटाउने र सूचना तथा सञ्चारमन्त्रीको जिम्मा कस्लाई दिनेभन्ने बारेमा छलफल हुनेछ ।
सार्वजनिक पदमा रहँदा अकुत सम्पति कमाएको भन्दै सर्वोच्च अदालतले पूर्वमन्त्री गुप्तालाई दोषी ठहर गरेपछि गएको ९ गते गुप्तालाई जेल चलान गरिएको थियो । आजको मन्त्रिपरिषद् बैठकमा द्वन्द्वकालमा मारिएका माओवादी नेता तथा कार्यकर्ताहरुलाई सहिद घोषणाको लागि बनाइने मापदण्डको बारेमा समेत छलफल हुनेछ । अस्थायी शिक्षकहरुको माग र आन्दोलन, सरकारको नियमित कामकारबाही लगायतको बारेमा पनि बैठकमा छलफल हुने प्रधानन्त्रीको निजी सचिवालयले जनाएको छ ।
यसैबीच प्रधानमन्त्री अध्यक्ष रहेको गरिवी निवारण कोषको बैठक पनि आजै बस्दैछ । मन्त्रिपरिषद्को कर्यालय सिंहदरवारमा दिउँसो २ बजे सुरु हुने बैठकमा कोषको पछिल्लो गतिविधीको समीक्षा हुने बताइएको छ । बैठकको लागि बिभिन्न मन्त्रालयका अधिकारीहरुलाई बोलाइएको छ ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !