पेट्रोलियम पदार्थको मुल्यबृकिद्धमा लेखाको चासो, विद्यार्थी पनि आन्दोलनको तयारीमा

http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_8834.html
काठमाडौ,फागुण , १५
पेट्रोलियम पदार्थको अभाव र मुल्यबृद्विको बारेमा संसदको सार्वजनिक लेखा समितिले आज आपूर्तिमन्त्री लगायतका सरोकारवाला निकायसँग छलफल गर्ने भएकोछ । समितिको कार्यालय सिंहदरवारमा बिहान ११ बजेपछि सुरु हुने बैठकमा बाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, नेपाल आयल निगमका अधिकारी तथा आपूर्तिमन्त्रालयका सचिवहरुलाई बोलाइएको समितिले जनाएकोछ । बजारमा पेट्रोलियम पदार्थको अभाव, व्यापारीहरुद्वारा सिर्जना गरिएको कालो बजारी तथा आयल निगमले बढाएको इन्धनको मुल्यको बारेमा पनि बैठकमा छलफल हुनेछ ।
यसैबीच सरकारले इन्धनको मुल्य बढाएको विरोधमा बिभिन्न बिद्यार्थी संगठनहरुले आज आन्दोलनका कार्यक्रम घोषणा गर्ने भएका छन् । आन्दोलनका कार्यक्रम घोषणा गर्ने बारेमा छलफल गर्न १३ बिद्यार्थी संगठनहरुको बैठक अहिले केहीबेरमा बस्दैछ । बढाएको इन्धनको मुल्य फिर्ताको माग गर्दै १३ बिद्यार्थी संगठनहरुले आजै प्रधानमन्त्री डा बाबुराम भट्टराईलाई ज्ञापन पत्र बुझाउने भएका छन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !