गुप्तालाई भ्रष्टाचारी ठहर गरिएपछि गृह जिल्लामा मिश्रित प्रतिक्रिया


देवराम यादव,सप्तरी,फागुन ११

सर्वाेच्च अदालतले भ्रष्टाचारी ठहर गर्दै सूचना तथा संचारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई कैद सजाय तोकेपछि उनको गृह जिल्ला सप्तरीमा मिश्रित प्रतिकृया आइरहेको छ । कसैले अदालतको फैसला मधेश आन्दोलनलाई निस्तेज पार्न पुर्वाग्रही ढंगले आएको प्रतिकृया दिएका छन् भने कसैले भ्रष्टाचारको मुद्दामा अदालतबाट सजाय भएको विषयलाई राजनीतिककरण गर्नु हुन्न भन्ने प्रतिकृया दिएका छन् ।      मधेसी जनअधिकार फोरम गणतान्त्रिक सप्तरीका अध्यक्ष गंगाराम यादवले सर्वाेच्चको निर्णय मधेस विरोधी र पुर्वाग्रही भएकाले यसको विरुद्ध आन्दोलनको विकल्प नरहेको बताउनुभयो ।
 काङ्ग्रेसका केन्द्रीय सदस्य रामकुमार चौधरीले अदाललको आदेशको सवैले सम्मान गर्नुपर्ने बताउनुभयो । तमलोपा सप्तरीका अध्यक्ष रामपृत यादवले सर्वाेच्चको फैसला मधेस विरोधी रहेको टिप्पणी गर्नुभयो । यसैगरी फोरम नेपालका केन्द्रीय सदस्य शैलेन्द्रप्रसाद साहले सर्वाेच्चको फैसलाको सम्मान गर्नुपर्नै आफ्नो धारणा रहेको बताउनुभयो । यसैबीच सर्वाेच्चको फैसलाविरुद्ध फोरम गणतान्त्रिकका कार्यकर्ताहरुले सप्तरीको कंचनपुरमा प्रदर्शन गरेका छन् । ठाउँठाउँमा टायर बालेर प्रदर्शनमा उत्रेका प्रदर्शनकारीहरुले सर्वाेच्चको निर्णय सच्याउनुपर्ने माग गरेका थिए । 

Related

स्थानिय 4594508771775183129

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item