रानिचुरीका वम्जनले गरे सासुको हत्या
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_8802.html
सुरेश बिडारी,सर्लाही,फागुन ११
महोत्तरीको माइस्थान १ भक्तिपुरमा आफ्नै ज्वाँइले सासुको धारिलो हतियार प्रयोग गरी हत्या गरेका छन् । भने ससुरालाई गम्भिर घाइते बनाइदिएका छन् । सिन्धुली रानीचुरी घर भएका सञ्जय बम्जनले गएराती आफनै सासु सुकुमाया गोलेको हत्या गरेको माइस्थानबाट पत्रकार सन्तोष पोखरेलले जानकारी दिनुभयो ।
धारिलो हतियारकै आक्रमणबाट ससुरा बहादुर गोले गम्भिर घाइते भएका छन् । गोलेलाई उपचारका लागि धरान लगिएको छ । आपसी विवाद चर्कदै गएपछि बम्जनले सासु ससुरालाई धारिलो हतियारले आक्रमण गरिएको बुझिएको छ । शरिरका विभिन्न भागमा खोपेर निर्मम तरिकाले हत्या भएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनापछि बम्जन फरार रहेको बुझीएको छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !