नम्रता साइवर क्राइमकी शिकार
http://sindhulidarpan.blogspot.com/2012/02/blog-post_3703.html
नेपालीटिभीसो, न्यूयोर्क,फागुन ११
नेपाली अभिनेत्री नम्रता श्रेष्ठ साइवर क्राइमको शिकार भएकी छिन् । साइवर अपराधीहरूले नम्रताको नाममा दुईवटा पोर्न ९अश्लिल फिल्म० वेभसाइट संचालनमा ल्याएका छन् । अमेरिकास्थित नेपालीटिभी सो डटकमले यो समाचारको खुलासा गरेको हो । डेढवर्षपछिको कमब्याक सिनेमा ‘मिस यू’ प्रदर्शन भैरहँदा नम्रताबारेको पोर्न भिडियो वेभसाइट संचालनमा आएको उक्त समाचारमा जनाइएको छ ।
नम्रताको नामबाट डटकम र डटनेट एड्रेसमा साइट संचालन गरिएको हो । जहाँ उनका सेक्सटेप र अन्य अश्लिल फिल्म समेटिएको छ । डट नेट नामक पोर्टल सन् २०१० को डिसेम्बर २६ देखि संचालनमा ल्याइएको देखिएको छ । दुईवर्षका लागि ल्याइएकाले २०१२ डिसेम्बर २६ मा मात्र वेभसाइटको डेट एक्सपाएर हुने देखिन्छ । डोमेन लिने व्यक्तिले अष्ट्रेलियाको नक्कली ठेगाना लिएपनि जर्मनीबाटै डोमेन र होस्टिङ भैरहेको खुलासा पनि टिभीसोले गरेको छ । डटकम पोर्टलको होस्टिङ अमेरिका र सर्भर लोकेसन क्यानडामा रहेको देखिन्छ । तर, यी वेभसाइट बन्द गराउन स्वयम नम्रताले कुनै पहलकदमी लिएकी छैनन् । चाहेमा उनले उजुरी गरेर पहल लिन सक्थिन् तर वास्ता गएको छैन । न्यूयोर्कका नेपाली कानुन व्यावसायी डिल्ली भट्टले आइक्यान वा डोमेन लिएको कम्पनीमार्फत साइट बन्द गराउन सकिने बताए । ‘उजुरी दिएर वेभसाइट बन्द गराउन सकिन्छ’ उनले भने । नम्रताले यसका लागि पहल गर्ने हो भने भविष्यमा कुनै अपराधीहरूले अरुको नाममा नक्कली वेभसाइट खोल्ने काममा दुरुत्साहित हुनेछन् ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !