अवैध रकम असुल्दै सशस्त्र प्रहरी

रौतहट,  फागुण १७ 
सशस्त्र प्रहरीले चन्द्रनिगाहपुर–गौर सडकखण्डका बिभिन्न स्थानमा सवारी जाँचका नाममा अवैध रकम असुल्ने गरेको आरोप लागेको छ । वीरेन्द्र राजमार्गको गरुडा, जयनगर र झुनखुन्वामा रहेको सशस्त्र प्रहरीको चेकिङमा खटिएकाहरुले अवैध रकम असुल्ने गरेको पाइएको छ । 


चन्द्रनिगाहपुर–गौर सडकमा चल्ने बसमा गौरबाट समान्य घरायसी प्रयोजनका लागि ल्याईने समानको समेत पैसा माग्ने गरेको गुनासो स्थानियको भनाइ छ । चेकप्वाईन्टले ढुङ्गा बालुवा बोक्ने टेक्टर तथा ट्रकसंगसमेत रकम असुल्ने गरेको छ । 


सदरमुकाम गौरबाट चन्द्रनिगाहपुर आउने बसहरुमा लोड गरिने समानहरु गौरमै प्रहरीले चेक गर्ने गरेको भएपनि सशस्त्र प्रहरीको चेक प्वाईन्टले गाडी रोकेर बिल माग्ने लगायतका काम गरेर दुःख दिंदै रकम असुल्ने गरेको चन्द्रनिगाहपुर–गौर सडकमा बस चलाउने ललेन्द्र विकले बताउनुभयो । 

Related

समाज दर्पण 529153064257827857

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item