सिन्धुली दर्पण चैथो वर्षमा प्रवेश


काठमाण्डौ,फागुन १८ 

सिन्धुली दर्पण गैह्रसरकारी सस्थाद्धारा सञ्चालिन सिन्धुली दर्पण डटकम डटएनपी अनलाईन सेवा आज चौथो वर्षमा प्रवेश गरेको छ । सन् २००९ मार्च महिनावाट व्लग मार्फत सिन्धुलीलाई आधार वनाएर राष्ट्रिय तथा अन्तराष्ट्रिय समाचारहरु प्रकाशन गर्दै आईरहेको सिन्धुली दर्पण गएको वर्षदेखी डटकम र डटकम डटएनपी मार्फत पाठकमाझ आएको हो ।  शान्ति विक्रम गौतम (एसवी.गौतम) सम्पादक र दिपक थापा(द.कोरिया) व्यवस्थापक रहेको बेवसाईटमा सिन्धुली, सर्लाही, काठमाण्डौ,दक्षिण कोरिया,पोर्चुगल,ईजरायल र अमेरिकावाट समाचार तथा जानकारीहरु अपडेट हुदै आएको छ । 
सुचना प्रविधिमा आम नागरिकको पहुँच पु¥याउनमा सहयोग गर्ने भन्ने  सिन्धुली दर्पण गैरसरकारी सस्थाको उदेश्य अनुरुपनै  जिल्ला र अन्य ठाउँका जानकारीहरुलाई बेवसाईटको माध्यमवाट समेट्दै आईरहेको छ । भविष्यमा पनी मध्यमाञ्चलको पिछडिएको जिल्ला सिन्धुलीलाई सुचना र जानकारीको माध्यमवाट राष्ट्रिय एवं अन्तराष्ट्रिय स्तरसम्म पु¥याउने सस्थाले उदेश्य लिएको छ ।

विना शुल्क तथा सुविधाविनै  निरन्तर समाचार सम्प्रेशणमा सहयोग गदै आउनुभएका सिन्धुलीका पत्रकार मिनकुमार दाहाल,ध्रुवचन्द्र खड्का,लोकहरी आचार्य,उमा पौडेल,शिव काफ्ले,अन्जु तामाङ,पोष्टराज पहाडी , ,जिवि श्रेष्ठ,चिना थापा, सर्लाहीवाट पत्रकारिता गर्दै आउनुभएका पत्रकार सुरेश विडारी,सिरहाका पत्रकार सजंय कुमार विश्वकर्मा,सिन्धुली घरभई काठमाण्डौमा पत्रकारिता गदै आउनुभएका पत्रकार लिलानाथ घिमिरे,पर्शुराम काफ्ले,प्रविण वुढाथोकी त्यस्तै पोर्चुगलवाट पत्रकार रामहरी लामिछाने,ईजरायलवाट पत्रकार ज्ञानु वस्नेत,र अमेरिकाका पत्रकार नरेश गौतमप्रती सिन्धुली दर्पण आभार व्यक्त गर्दछ । 

Related

राष्ट्रिय 2528922585065851287

1 commentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item