संवैधानिक समिति बैठक निष्कर्षविहिन

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_02.html
काठमाण्डौ,फागुन १९
आफ्नो मातहतमा रहेको विवाद समाधान उपसमितिले सहमति जुटाएका बिषयलाई अनुमोदन गर्न बसेको संवैधानिक समितिको बैठक विनानिष्कर्ष सकिएको छ । सिंहदरवारमा बिहान बसेको बैठक औपचारिकतामा मात्र सीमित भएको हो । दलहरुबीच शीर्ष तहमा कुनै सहमति हुननसकेकोले सवैधानिक समितिको बैठक आगामी २८ गतेसम्मको लागि स्थगित भएको छ ।
आजको बैठकमा उपसमितिले गरेका सहमतिलाई अनुमोदन गर्ने कार्यसूची रहेको भए पनि समितिका सदस्यहरुले तीन ठूलादलहरुको निर्णायक बैठकपछि मात्र विवादका बुँदामा छलफल र सहमतिलाई अनुमोदन गर्नेभन्दै बैठक स्थगित गरिएको संवैधानिक समितिका सभापति निलाम्बर आचार्यले जानकारी दिनुभयो ।
यसअघि आउँदो २० गतेसम्मामा विवादित बुँदामा सहमति गराइसक्नुपर्ने जिम्मा संवैधानिक समितिलाई दिइएको भए पनि पूर्वनिर्धारित समयमा शीर्ष नेताहरुबीच कुनै सहमति हुनसकेको छैन । शान्ति प्रक्रिया र संविधान निर्माणको बारेमा प्याकेजमा सहमति गर्नेभन्दै प्रमुख तीन दलको बैठक लगातार बस्दै आएको भए पनि आआफ्नो पार्टीभित्र थप छलफल गर्ने र भोली फेरि बैठक बस्ने सहमति हिजोको प्रमुख दलको बैठकमा भएको थियो । दलहरुबीच शासकीय स्वरुप,राज्यपुनर्संरचना,निर्वाचन प्रणाली लगायतका विषयमा सहमति हुन सकेको छैन ।
यसैबीच ८४ दिनमा संविधान बनाउन सफल गणतन्त्र नामिवियाको संसदीय टोली र नेपाली सभासदबीच आज बिहान छलफल भएको छ । सिंहदरवारमा भएको छलफलमा नेपालको संविधान निर्माण प्रक्रिया र नामिवियाको छोटो समयावधिमा बनेको संविधानको बारेमा दुवै देशका प्रतिनीधिबीच छलफल तथा अनुभव आदानप्रदान भएको थियो ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !