धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला आजबाट

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_670.html
काठमाण्डौ फागुन १९
“संवृद्ध धादिङको परिकल्पना, कृषि तथा पर्यटनको विकास र उद्योगको स्थापना” नाराका साथ धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेला आजबाट सुरु हुँदैछ । स्थानीय, राष्ट्रिय तथा अन्तराष्ट्रिय औद्योगिक बस्तुहरुको प्रदर्शनी तथा विक्री गर्ने उद्देश्यले आजबाट फागुन २५ गतेसम्म मेला चल्ने छ । मेलामा जिल्लाको ५० वटै गाविसमा उत्पादन हुने कृषि उपजहरुलाई स्टलमा राखिने भएकोछ । मेलामा २ सय ५० वटा स्टलहरु रहेको छ । स्टलहरुमध्ये २ सय २० वटा स्टल बुकिङ भइसकेको आयोजकले बताएको छ । मेलालाई सफल पार्न २७ वटा विभिन्न समितिहरु क्रियाशिल रहेका छन् ।
मेलाको तयारीका लागि २८ लाख रुपैयाँ भन्दा बढी खर्च भएको समितिले जनाएको छ । १ लाख भन्दा बढी दर्शकले मेलाको अवलोकन गर्न सक्ने समितिले अनुमान गरेको छ । यसैबीच मेलामा प्रमुख तीन दलका शिर्ष नेताहरु एउटै मञ्चमा देखिने भएका छन् । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष झलनाथ खनाल र नेपाली काङ्ग्रेसका सभापति सुशिल कोइराला धादिङ कृषि, पर्यटन तथा औद्योगिक मेलाको उद्घाटन कार्यक्रममा एउटै मञ्चमा देखिने भएका हुन् ।
Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !