म्युजिक टक :चपली हाइट टाइटल
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_1421.html
काठमाडौं ,चैत १
‘मस्ती छ यो हावामा/दुरुस्तै यो मनमा...’लाई सविनले हस्की (सुकेको) आवाजमा गाएका छन् । संगीत अर्जुनकुमार र शब्द भूपेन्द्र खड्काको हो । रक फ्लेवरको यो संगीतले रिलिज नहुँदै युट्युवमा यत्तिको सब्सक्राइव पाउनु खुशिको कुरा हो । कन्ट्रोभर्सीले मात्र होइन ‘चपली हाइट’ टाइटल सङले धेरैको मन खानेछ । अघिल्ला एल्बम ‘नाइन’, ‘सतह’, ‘सविन राई रिमिक्स’, ‘सतह २’ र ‘रंगमञ्चको रङ’का गीतभन्दा कुनै पनि कोणबाट ‘चपली हाइट’ कम छैन ।
सुगम पोखरेल भन्छन् –‘रक गायन अबको नेपाली सिनेमा संगीतको मूलधार हुनेछ ।’ ठ्याम्मै उहि स्पिड र स्टाइल रक गायन हाम्रो पाश्र्वगायनको मुख्य खोला बन्दैछ । हामी यहाँ चर्चा गरिरहेका छौं फ्राइडे रिलिज सिनेमा ‘चपली हाइट’ टाइटल सङ्को । यो समाचार लेखिरहँदासम्म सविन राईले गाएको ‘चपली हाइट’लाई युट्युवमा हेर्ने र सुन्नेको संख्या ४५ हजार (सबै च्यालनबाट गणना) नाघेको छ । रिलिज नहुँदै संगीतको यो प्रसिद्धि अलग ट्रेन्डको सुरुआत पनि हो ।
‘मस्ती छ यो हावामा/दुरुस्तै यो मनमा...’लाई सविनले हस्की (सुकेको) आवाजमा गाएका छन् । संगीत अर्जुनकुमार र शब्द भूपेन्द्र खड्काको हो । रक फ्लेवरको यो संगीतले रिलिज नहुँदै युट्युवमा यत्तिको सब्सक्राइव पाउनु खुशिको कुरा हो । कन्ट्रोभर्सीले मात्र होइन ‘चपली हाइट’ टाइटल सङले धेरैको मन खानेछ । अघिल्ला एल्बम ‘नाइन’, ‘सतह’, ‘सविन राई रिमिक्स’, ‘सतह २’ र ‘रंगमञ्चको रङ’का गीतभन्दा कुनै पनि कोणबाट ‘चपली हाइट’ कम छैन । सन् १९९२ देखि गायन थालेका सविन यही सिनेमाबाट पाश्र्वगायनमा डेब्यु गरेका हुन् । गायनमात्र होइन टाइटल सङमा स्वयमको अभिनय पनि छ । ‘मेरो करियरको उत्कृष्टमध्येको गीत हो यो’ धरानस्थित घरमा रहेका सविनले मेरोसिनेमालाई भने, ‘पाश्र्वगायनको ट्रेन्ड चेन्ज गर्नेछ यसले ।’ सिनेमा रिलिजपछि तन्नेरीका आइपड र मोबाइलमा गीत भरिने सविनको अनुमान छ । यही गीतले सिनेमाको म्युजिक राइट बिक्ने निर्माताले विश्वास लिएका छन् । - मेरोसिनेमा,


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !