अखण्ड तराईका पक्षमा थारुवानको बन्द



 कैलाली,  चैत १
अखण्ड तराई संघर्ष समितिले अखण्ड तराई प्रदेशको माग गर्दै  आज बिहानैदेखि थारुवान क्षेत्रका जिल्लामा बन्द आह्वान गरेको छ ।  अखण्ड सुदूरपश्चिम र अखण्ड मध्य पश्चिमको माग उठिरहेका बेला समितिले अखण्ड  तराईको माग गर्दै बन्द आह्वान गरेको हो । बन्दका कारण थारुवा क्षेत्रमा  पर्ने कैलाली, कञ्चनपुर, दाङ, बाँके र बर्दियामा बन्दको प्रभाव परेको छ । 

 बन्द आव्हान गर्नेमा बडघर भल्मन्सा महटावाँ महासंघ, मुक्त कमैया थरुहट संघर्ष  समिति, एकीकृत माओवादी, नेपाली कांग्रेस, एमाले, मधेसी जनअधिकार फोरम  लोकतान्त्रिक, लोकतान्त्रिक संघीय मञ्च थरुहट लगायतका पार्टी निकट थारु सभासद्हरु  पनि छन् ।

 बन्दले गर्दा कैलाली कञ्चनपुरमा लामो तथा छोटो दुरीको कुनैपनि सवारी  साधन चल्न सकेका छैनन् । यातायात नचल्दा यात्रुहरु बाटोमै अलपत्र परेका छन् ।  बन्द कर्ताले कैलाली कञ्चनपुरका शिक्षण संस्था र उद्योग पनि बन्द गराएका छन् ।  उनीहरुले कैलालीमा सञ्चालन भइरहेको १ देखि ९ कक्षासम्मको वार्षिक परीक्षा
 सञ्चालनमा कुनै बाधा पुराएका छैनन् ।

Related

विविध 6541890166667599121

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item