लालबन्दीमा दासढुङगाको च्यारीटि सो
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6677.html
सुरेश बिडारी,
लालबन्दी,चैत १
चलचित्र पत्रकार संघ शाखा सर्लाही–महोत्तरीले सर्लाहीको लालबन्दीमा जननेता मदन भण्डारीको जीवनमा आधारित दास ढुङगा चलचित्रको च्यारीटि सो प्रदशनी गरेका छन् । । सर्लाही र महोत्तरीमा क्रियाशिल रहेका रङ्ग पत्रकारहरुको कल्याणकारी कोष स्थापनार्थ चैत १ गते चलचित्रको सो गरिएको हो । विणा चलचित्र मन्दिरमा भएको प्रदर्शनीबाट उठेको रकमले यस क्षेत्रमा क्रियाशिल रङ्ग पत्रकारहरुको हीतका लागि कल्याणकारी कोष स्थापना गर्ने संघका अध्यक्ष चन्दं्र राइले जानकारी दिनुभयो ।
राजधानीमा भन्दा मोफसलमा रही चलचित्र पत्रकारीता गर्न गठिन हुने भएकोले संगठित भएर च्यारिटीमार्फत केही रकम संकलन गर्न लागिएको संघकी कोषाध्यक्ष सचिता बुढाथोकीले जानकारी दिनुभयो । संघलाई सहयोग गर्दै विणा चलचित्र मन्दिर लालबन्दीले चलचित्र प्रदर्शनीका लागि निशुल्क चलचित्र भवन उपलब्ध गराउनुको साथै दास ढुङ्गा चलचित्र पनि निशुल्क प्राप्त भएको चलचित्र पत्रकार संघ शाखा सर्लाही महोत्तरीले जनाएको छ । गत मसिंर ३ गते गठन भएको संघको शाखामा सर्लाही र महोत्तरीका रङ्ग पत्रकारहरु आवद्ध रहेका छन् ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !