जिविस सिन्धुलीद्धारा माघ महिनामा ३१ लाख सकंलन


अन्जु तामाङ,सिन्धुली,फागुन १८ 


जिल्ला विकास समिति सिन्धुलीले आन्तरिक श्रोतवाट माघ महिनामा साँडे ३१ लाख राजस्व संकलन गरेको छ । कार्यालयले आन्तरिक रुपमा हुने विविध शिर्षकमा गरि जम्मा ३१ लाख ५१ हजार १ सय पन्चानव्वे रुपैँया राजस्व संकलन गरेको हो । जिविस सिन्धुलीले माघ महिनामा राजिनामा फर्मवाट ३४ हजार ३ सय, भवन भाडावाट ५ हजार ८ सय, मल्टिमिडिया भाडावाट १ हजार, स्टल भाडावाट ८ हजार ७ सय ९७ रुपैँया र सिफारिसवाट ३ हजार ७ सय ५० रुपैँया संकलन गरेको छ ।


 त्यस्तै कार्यालयले सँस्था नविकरणवाट ५० रुपँैया, सँस्था दर्तावाट २ हजार ३ सय  रुपैँया , लाइसेन्स नविकरणवाट १२ हजार, जिल्ला पाश्र्व चित्र विक्रीवाट  १ हजार ३ सय ५० रुपँैया, मालपोत दस्तुरवापत ३० लाख २४ हजार ७ सय ९३ रुपैँया ६० पैसा, पानीट्यांकी भाडावाट १ हजार ५ सय, डोजर भाडावाट ५५ हजार रुपँैया र बेरुजु फिर्तावाट ३ सय ३२ रुपैँया गरि जम्मा ३१ लाख ५१ हजार १ सय पन्चानव्वे रुपैँया राजस्व संकलन गरेको जिविस सिन्धुलीका कर शाखा प्रमुख विष्णु भण्डारिले जानकारि दिनुभयो । यो रकम गत महिनाहरुको भन्दा सन्तोष जनक नै भएको वहाँको भनाइ छ ।

Related

फोटोखबर 9173228660262530427

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item