२ सय मिटर दौडको स्वर्ण एपिएफलाई


कैलाली,फागुन  १८ 
 छैटौं राष्ट्रिय खेलकुद अन्तर्गत आज भएका महिलाको २ सय मिटर दौडमा सशस्त्र प्रहरीको एपिएफ क्लबकी प्रमिला रिजालले स्वर्ण जितेकी छन् ।

धनगढीस्थित क्षेत्रीय रङगशालामा भएको खेलमा निर्धारीत दुरी २२ दशमलव ३ सेकेण्डमा पार गर्दै प्रमिलाले स्वर्ण जितेकी हुन् । प्रमिलाको आजको स्वर्ण सहित छैटौँ राष्ट्रिय खेलकुदमा ब्यक्तिगत ती स्वर्ण पुगेको छ भने समुहमा स्वर्णको संख्या चार पुगेको छ । प्रमिलाले बुधबार सम्पन्न महिला एक सय र चार सय मिटर दौडमा स्वर्ण जितेकी थिईन् । यस बिधामा नेपाल प्रहरीकी सावित्री नेपालीले रजत तथा एपिएफकी सविता चौधरीले काश्य जितेका छन् ।

पुरुष २०० मिटर दौडमा नेपाल प्रहरीका तिलकराम थारुले स्वर्ण जितेका छन् । तिलकको पनि यो स्वर्ण सहित छैटौँ राष्ट्रिय खेलकुदमा स्वर्ण संख्या तीन पुगेको छ । तिलकरामले यस अघि बुधबार पुरुषको १०० र ४०० मिटर दौडमा पनि स्वर्ण जितेका थिए । बिहिबार उनले ब्यक्तिगत तेस्रो स्वर्णका लागि २०० मिटर दौड २२ दशमलव ३ सेकेण्डमा पार गरेका थिए ।

निर्धारीत दुरी २३ दशमलव ४ सेकेण्डमा पुरा गरेका पश्चिमाञ्चलका बिमल बस्नेतले रजत तथा मध्यमाञ्चलका रोशन पाण्डेले काश्य जिते । महिला ५ हजार मिटर दौडमा मध्यपश्चिमाञ्चलकी बिश्वरुपा बुढाले स्वर्ण जितिन् । मध्यमाञ्चलकी कान्छिमायाँ कोजुले बिचैमा दौड त्यागेपछि बिश्वरुपालाई स्वर्ण जित्न सहज बनेको थियो । बिश्व रुपाले स्वर्णका लागि निर्धारीत दुरी १८ मिनेट २० दशमलव ६ सेकण्डमा पुरा गरेका थिए । बिश्वरुपाले यस अघि महिला १० हजार मिटर दौडमा पनि स्वर्ण जितेकी थिईन् । महिला ५ हजार मिटर दौडमा निर्धारीत दुरी १९ मिनेट ०३ दशमलव ८ सेकेण्डमा पुरा गर्दै एपिएफकी गीता खत्रीले रजत तथा मध्य पञ्चीमाञ्चलकी पुष्पा भण्डारीले काश्य जिते ।

 बिहीबार नेपाल प्रहरीका खेलाडीहरुले अबरोध गरेपछि एथलेटिक्सका खेलहरु ढीला गरि सुरु भएको थियो । बुधबार बिहान भएको महिला डिस्कस थ्रोमा रेफरीले गलत निर्णय गरेको भन्दै नेपाल प्रहरीका खेलाडीहरु ट्रयाकमा आएर अबरोध गरेपनि केहिबेर खेल अबरुद्ध बनेको थियो ।

Related

प्रमूखखबरहरु 7261593127139055529

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item