श्रीशा कार्कीमाथि सिनेमा बन्दै

http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_2740.html
काठमाण्डौ,फागुन २१

लेटेस्ट प्रोजेक्ट ‘के म तिम्रो साथी बन्न सक्छु’पछिको ओभरसिज रिलिजपछि श्रीशामाथिको सिनेमाको सुटिङ अघि बढ्ने कृषाले बताइन् । श्रीशाको भूमिकामा नाम उल्लेख नगरिएकी एक नयाँ मोडलले अभिनय गर्ने उनले जनाइन् । निर्देशकको नाम उल्लेख गरिएको छैन । दसवर्षअघि र दसवर्षपछिको समयान्तरलाई पर्दामा चित्रण गर्नुपर्ने भएकाले सिनेमाको लागत महंगो हुने चौलागाईँले जनाइन् । ‘श्रीशाको कुरा आउनेवित्तिकै पत्रकारसँग रिलेटेड फिल्म हो कि भन्ने सोचिन्छ, यो सरासर गलत हो’ उनले भनिन्, ‘एउटी हिरोइनले जीवनमा पाएको उपलब्धी र उतारचढाव कथा हुनेछ ।’
आफ्ना होमप्रोडक्स सिनेमा अब रियालिटी स्टोरीमा आधारित हुने पनि उनले बताइन् । ‘श्रीशामाथिको सिनेमा दुई पुस्ताको कथा हो’ भन्छिन्, ‘पुस्तान्तरलाई चित्रण गरिनेछ ।’ बलिउड सिनेमा ‘डर्टी पिक्चर’बाट प्रभावित नहुने पनि कृषाले दावी गरिन् । सिनेमा चाहिँ बायोपिक श्रेणीमा आधारित हुने बताइएको छ ।
साभार:मेरोसिनेमा
yo ta Bollywood ma Silk ko naam ma Dirty Picture bane jastai bhayena ra, kina j pani hindi movie bata copy garchan Nepali Movie
ReplyDelete