सभासद् बिदेश नजाउ:कांग्रेस
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_386.html
काठमाडौं, चैत ५
प्रमुख विपक्षी दल नेपाली कांग्रेसले जेठ १४ गते भित्र शान्ति प्रक्रिया टुङगो लगाई संविधान निर्माण गर्नु पर्ने भएको भन्दै आफ्ना सभासदलाई देशबाहिर नजान निर्देशन दिएको छ ।
कांग्रेस मख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले आज सूचना जारी गरेर संविधान निर्माणको राष्ट्रिय उत्तरदायित्व पुरा गर्नु पर्ने भएकाले देश बाहिर नजान आफ्ना सभासदलाई आग्रह गर्नुभएको हो ।
दलका सभासद र नेताहरु धमाधम बिभिन्न गोष्ठि, भ्रमणलगायतमा सहभागी हुन देश बाहिर जाने क्रम बढेपछि उनीहरुको चौतर्फि आलोचना समेत भएको थियो । यस अघि एमालेले आफ्ना सभासद र नेतालाई मुलुक नछाड्न निर्देशन दिईसकेको छ ।
‘संविधान सभाको बैठकहरु जुनसुकै बखत बस्न सक्ने संभावना भएकाले आगामी जेठ १४ सम्म देश बाहिर नजानु हुन निर्देश गरिन्छ ।’ घिमिरेद्धारा जारी सूचनामा उल्लेख छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !