स्वास्थ्य शिविर सम्पन्न


 दिपक श्रेष्ठ
काठमाडौँ,चैत ५ 

सिन्धुली जिल्लाको कुशेश्वर दुम्जास्थित देवीस्थान माध्यमिक विद्यालयमा आयोजित महिला तथा बाल स्वास्थ्यसम्वन्धी एक दिने स्वास्थ्य शिविर शनिबार सम्पन्न भएको छ ।  आयोजकका अनुसार, स्वास्थ्य शिविरमा ३७२ जनाको स्वास्थ्य जाँचका साथै निःशुल्क औषधि वितरण गरिएको थियो ।

नेपाल मेडिकल कलेजका चिकित्सक डा. विवेक पन्तको नेतृत्वमा डा. विज्ञान पुडासैनी, डा.श्रद्धा रायमाझी, डा.संयुक्ता भट्टराई, डा. कुशल रिजाललगायत १८ जनाको चिकित्सक समूहले स्वास्थ्य जाँच गरेको थियो । 
नेपाल मेडिकल कलेजअन्तर्गत युवा रेडक्रस सर्कल, नेपाल रेडक्रस सर्कल दुम्जा शाखा, देवीस्थान माविअन्तर्गत जुनियर रेडक्रस सर्कल, हिकोन, ओमबुद्ध निर्माण सेवा र धरणीधर स्मृति पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न स्वास्थ्य शिविरमा महिलाको पाठेघर समस्याको समेत जाँच गरिएको थियो ।

Related

स्थानिय 5203166131740435737

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item