http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_3949.html
अनिज कास्कीको दुइदिने प्रशिक्षण सम्पन्न
बि.बि.आले,पोखरा/चैत्र ४
पोखरा नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज) कास्कीले आयोजना गरेको दुइदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षणमा आज अधिवक्ता जुनाकुमारी गुरुङले आदिवासी जनजाति, आदिवासी जनजातिका वर्तमान मुद्धा, सुचनाको हक र सञ्चार विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण समापन समारोहका प्रमुख अतिथी पोखरा उपमहानगरपालिका सामाजिक शाखा प्रमुख ओमराज पौडेलले राज्यले आदिवासी जनजातिलाई छुट्याएको सेवा सुविधा अधिकतम उपयोग गर्न आग्रह गर्नुहुदै प्रशिक्षणबाट प्राप्त ज्ञानको सदुपयोग गर्न आग्रह गर्नुभयो ।
समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी कमला थापामगर, मनदेवी तामाङ, श्रीराम आचार्य, किरण प्रसाद भट्टचनले प्रशिक्षण अति नै प्रभावकारी रहेको बताउनुहुदै आफुले सिकेका ज्ञान व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
अनिज कास्कीका अध्यक्षमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी पौडेलले प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।प्रशिक्षणको पहिलोदिन रेडियो अन्नपुर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले सकारात्मक सोंचका बारेमा प्रशिक्षण दिनुभयो । पोखरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा कास्कीका क्रियाशील आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका प्रतिनीधिहरु गरी ४० जनाको सहभागीता रहेको थियो ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !