अनिज कास्कीको दुइदिने प्रशिक्षण सम्पन्न

बि.बि.आले,पोखरा/चैत्र ४

पोखरा नेपाल आदिवासी जनजाति पत्रकार संघ(अनिज) कास्कीले आयोजना गरेको दुइदिने क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम आज सम्पन्न भएको छ । प्रशिक्षणमा आज अधिवक्ता जुनाकुमारी गुरुङले आदिवासी जनजाति, आदिवासी जनजातिका वर्तमान मुद्धा, सुचनाको हक र सञ्चार विषयमा प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षण समापन समारोहका प्रमुख अतिथी पोखरा उपमहानगरपालिका सामाजिक शाखा प्रमुख ओमराज पौडेलले राज्यले आदिवासी जनजातिलाई छुट्याएको सेवा सुविधा अधिकतम उपयोग गर्न आग्रह गर्नुहुदै प्रशिक्षणबाट प्राप्त ज्ञानको सदुपयोग गर्न आग्रह गर्नुभयो ।समापन कार्यक्रममा प्रशिक्षणमा सहभागी कमला थापामगर, मनदेवी तामाङ, श्रीराम आचार्य, किरण प्रसाद भट्टचनले प्रशिक्षण अति नै प्रभावकारी रहेको बताउनुहुदै आफुले सिकेका ज्ञान व्यवहारमा उतार्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

अनिज कास्कीका अध्यक्षमा सम्पन्न समापन कार्यक्रममा प्रमुख अतिथी पौडेलले प्रशिक्षणमा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रशिक्षणको पहिलोदिन रेडियो अन्नपुर्णका स्टेशन मेनेजर दीपेन्द्र श्रेष्ठले सकारात्मक सोंचका बारेमा प्रशिक्षण दिनुभयो । पोखरा उपमहानगरपालिकाको सहयोगमा सञ्चालित प्रशिक्षणमा कास्कीका क्रियाशील आदिवासी जनजाति पत्रकारहरु र आदिवासी जनजातिका प्रतिनीधिहरु गरी ४० जनाको सहभागीता रहेको थियो ।

Related

विविध 3118953261630578243

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item