प्रचण्डका छोराले सगरमाथा चढ्न सरकारी पैसा नलिने
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_4283.html
काठमाडौ, चैत ५
चौतर्फी बिरोधपछि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशले सगरमाथा चढ्न सरकारी रकम नलिने घोषणा गर्नुभएको छ । सगरमाथा यात्राका विषयमा आईरहेका टिका टिप्पणीहरुको कारण आफूले सरकारी रकम नलिने निर्णयमा पुगेको उहाँले बताउनुभएको हो ।
प्रकाशले आफूले सरकारी रकम नलिने घोषणा गर्नका लागि दिउँसो दुई बजे पत्रकार सम्मेलन गर्ने उहाँ निकट स्रोतले जनाएको छ । प्रकाशले आफ्नो कारण देखाउँदै माओवादी अध्यक्ष प्रचण्डलाई आलोचना गर्ने काम भएको भन्दै आपत्ती जनाउनुभएको छ । पार्टी केन्द्रीय सदस्य कृष्ण केसी नेतृत्वमा सगरमाथा चढ्ने टोलीलार्ई सरकारले दुई करोड रुपैयाँ उपलब्ध गराउने निर्णय गरेपछि यसकोे चौतर्फी आलोचना भएको थियो ।
प्रकाशले एमाले अध्यक्ष झलनाथ खनाल प्रधानमन्त्री भएका बेलामा एमाले निकटका कर्मचारी नेतालाई सगरमाथा चढ्नका लागि दिएको करोडौं रकम फिर्ताका लागि पहल गर्न आन्दोलन गर्ने युवा विद्यार्थी संगठनलाई आग्रह गर्नुभएको छ ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !