‘चपली हाइट’:अर्को कीर्तिमान
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_6518.html
काठमाण्डौ,चैत ५
‘चपली हाइट’ले प्रदर्शनको दुई दिनमा ७० लाख अलनेपाल ग्रस मार्क गरेर आम्दानीको अर्को कीर्तिमान कायम गरेको छ । नेपाली सिनेमा इतिहासमै दुई दिनमा यति आम्दानी गरिएको यो पहिलो पटक हो । वितरण संस्था डीसीएनले यसको पुष्टि गरेको हो । योसँगै ‘चपली हाइट’ले आफ्नो लगानी उठाएको छ । २७ लाख बजेटको सिनेमालाई लगानी उठाउन ६० लाख ग्रस आवश्यक थियो ।
सिनेमाले पहिलो दिन शुक्रबार २० लाखको ओपनिङ गरेको थियो । राजधानी र मोफसल टेरिटोरीका ३५ मल्टिप्लेक्स र सिंगल थिएटरका पर्दाबाट सिनेमाले यो कलेक्सन गरेको हो । क्यूएफएक्सले ११ सोज र बिग सिनेमाज्ले दुई दिनमै नौ सोज दिएका छन् । पोखरामा ‘लुट’ हटाएर बाराही र श्रीकृष्ण मल्टिप्लेक्समा प्रदर्शन थालिएको छ । ‘चपली हाइट’को यो समीकरणमा मोफसलको ३५ र राजधानीको ६५ प्रतिशतको योगदान छ । ‘लुट’ निर्माता नरेन्द्र महर्जन ‘चपली हाइट’का वितरक हुन् । ‘चमत्कारै भयो’ उनले भने, ‘सिनेमाले लगानी उठाइसकेको छ । भोलि ९आइतबार०देखि सम्भवतः ड्रप भयो भनेपनि सिनेमा ब्लकबस्टर हुनेछ । हामीसँगै दङ्ग छौं कसरी चल्यो भनेर ।’ दर्शकमध्ये ९० प्रतिशत तन्नेरी छन् । ‘न कुनै स्टार र न कुनै बिग बजेट सिनेमाले भव्य गरेको छ’ उनले भने । सार्वजनिक विदाको दिन शनिबार बलिउडमा कुनै सिनेमा रिलिज नहुँदा पनि यसलाई राहत पुग्यो ।
आमिर गौतम, विनिता बराल र राज घिमिरे स्टारर सिनेमालाई दीपेन्द्र के। खनालले निर्देशन र अर्जुन कुमारले निर्माण गरेका हुन् । पपगायक सविन राई सिनेमाका केमियो हुन् । बायोपिक सिनेमा यौन मनोविज्ञानमा आधारित छ ।
फिल्म हेर्न आएकालाई कुटपिट
शुक्रबार बिहान कलेज पोशाकमा ‘चपली हाइट’ हेर्न गोपिकृष्ण हल पुगेका दुई छात्रालाई अभिभावकले कुटपिट गरेका छन् । चलचित्र विकास बोर्डले अनुगमनका क्रममा यस्तो घटना भएको बताएको छ । फिल्म हेरेर फर्किदा गेटमा ढुकेर बसेका बाबुआमाले उनीहरूलाई कुटपिट गरेको बोर्डले जनाएको छ । छात्रको नाम गोप्य राखिएको छ । ‘यो मर्निङ सोको विकृति हो’ सदस्य नीलहरि काफ्लेले भने ।
विषयवस्तु साभार:मेरोसिनेमा


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !