सर्लाहीको कालिन्जोरमा २ सय ८२ जना छात्र छात्राहरुलाई छात्रवृत्ति वितरण

सुरेश बिडारी
लालबन्दी,चैत ५

सर्लाहीको कालिन्जोर–७ मा रहेको श्री नेपाल राष्ट्रिय जनता उच्च माविले विद्यालयका २ सय ८२ जना छात्र छात्राहरुलाई छात्रवृत्ति वितरण गरेको छ । जिल्ला शिक्षा कार्यालय सर्लाही मार्फत शैक्षिक सत्र २०६८ मा छात्रवृत्ति स्वरुप प्राप्त १ लाख २८ हजार ७ सय रुपैया विद्यालयका गरिब, जेहेन्दा र दलित २ सय ८२ जना छात्र छात्राहरुलाई वितरण गरिएको विद्यालयका शिक्षक महेश बरालले जानकारी दिनुभयो ।

मावि तहमा अध्ययनरत गरिब तथा जेहेन्दार १० जनालाई १५ सयको दरले, प्रावि दलित छात्रवृत्ति ४६ जनालाई ४ सयको दरले, मावि दलित छात्रवृत्ति २१ जनालाई ४ सयका दरले वितरण गरिएको उहाँले बताउनुभयो । त्यस्तैगरी कक्षा १ देखि ८ सम्म अध्ययनरत २ सय २ जना छात्रालाई छात्रा छात्रवृत्ति ४ सयका दरले, प्रावि असाहाय गरिब छात्रवृत्ति २ जना ४ सयको दरले वितरण गरिएको छ । त्यस्तैै लोपउन्मुख तथा सिमान्तकृत समुदाय अन्र्तगत पर्ने थामि जातिका १ जनालाई ५ हजार ३ सय रुपैया छात्रवृत्तिस्वरुप आजै प्रदान गरिएको छ । छात्रवृत्ति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमोद बरालको उपस्थितिमा वितरण गरिएको थियो ।

Related

स्थानिय 6278802358318190609

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item