विद्यार्थीले वोकेको पानीले तिर्खा मेट्दै विद्यालय
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_7578.html
ऋषि राई
उदयपुर,चैत्र ५
जिल्लाको पश्चिमी पहाडी गाविस हर्देनी स्थित श्री हर्देनी माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा १० का पार्वती राउत प्रत्येक साताको एकदिन पहिलो घण्टी मा पानी ल्याउने जर्किन बोकेर आधा घण्टाको ओरालो झर्छिन् पानी ल्याँउछिन अनि कक्षामा पढ्न वस्छिन् । उनी मात्र होईनन् उनकै सहपाठी सुरेश कार्की को पनि विद्यालयमा आएपछि को दैनिकी त्यस्तै छ ।
पार्वती र सुरेश को कथा जस्तै विद्यालयवाट ३० विद्यार्थी दैनिक आलोपालो गरेर पानी लिन जान्छन् र त्यहि पानी थोरै पिउँछन् र शौचालयमा पनि प्रयोग गर्छन् । दैनिक ३० विद्यार्थीले ल्याएको पानीवाट विद्यालयले तिर्खा मेट्दै आएको छ । विद्यार्थीलाई पानी ल्याउन विद्यालयले ३ लिटर जाने ३० थान प्लास्टिकको जर्किनको व्यवस्था गरेको छ । पानी प्रयोग पछि विद्यालयमै राखिने जर्किन देखाउँदै शिक्षक अर्जुन कार्कीले भन्नुभयो —‘ के गर्ने पानीको समस्या छ ,समस्या समाधानको उपाए विद्यार्थीलाई नै पानी लिन पठाउनुको विकल्प छैन् ।’
२०४५ सालमा स्थापना भएको उक्त विद्यालयमा हालसम्म उपयुक्त पानीको श्रोत नभएकै कारण यो अवस्था भोग्नुपरेको शिक्षकहरु वताउँछन् । विद्यालयमा मात्र नभई विद्यालय आसपासका सवैलाई पानीको समस्या भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेश कार्कीले वताउनुभयो ।
विद्यालयले प्रत्येक दिन कक्षा ४ देखि माथीको विद्यार्थीलाई प्रार्थना समयमा पानी लिन पठाउने गरेको र पानी ल्याएपछि मात्र पठनपाठनमा समावेश गर्ने गरेको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद रेग्मीले वताए । हालसम्म पानीको व्यवस्थ ागर्न कसैले पनि चासो नदेखाएको र चासो देखाउनेले पनि पानीको व्यवस्था अझै गर्न नसकेको पनि रेग्मीको भनाई छ ।
विद्यालयमा हर्देनीका १ ,२,३,४,५,७ र सोरुङ् गाविसवाट समेत २ घण्टा हिँडेर विद्यार्थी हरु पढ्न आउने गरेका छन् । विद्यालयमा हालसम्म ४ सय ३१ विद्यार्थीहरु अध्ययनरत छन् । पछिल्लो समयमा नेवा र पिआरडिसि नामक गैरसरकारी संस्थाले गाविसलाई खुल्ला दिशामुक्त गाविस घोषणा को अभियान चलाएका ले पनि विद्यालयमा शौचालय प्रयोग गर्न पानीको आवश्यकता पर्ने गरेको विद्यालयले जनाएको छ ।
गाविस लाई खुल्ला दिशामुक्त घोषणा गर्न लागिएको भएपनि पानीको अभावमा सफलता प्राप्त गर्न सहज नहुने स्थानीयवासीहरुले वताएका छन् ।

Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !