एमालेको प्रतिनिधि परिषद् बैठक सुरु हुँदै


काठमाण्डौ,फागुन २१

नेकपा एमालेको प्रतिनिधि परिषद बैठक आजबाट राजधानी काठमाडौंमा सुरु हुँदैछ । खुल्लामञ्मा आयोजना हुने उद्घाटन समारोहमा सहभागी हुन एमाले नेता तथा कार्यकर्ताहरुले काठमाडौंको बिभिन्न स्थानबाट ¥याली निकालेका छन् । परिषद् बैठक व्यवस्थापन समितिका सचिव राजेन्द्र श्रेष्ठका अनुसार पार्टी अध्यक्ष झलनाथ खनालले मध्यान्ह १२ बजेपछि खुलामञ्चमा परिषद् बैठकको उद्घाटन गर्नु हुनेछ । उद्घाटन समारोहलाई बरिष्ठ नेता माधवकुमार नेपाल, केपी ओली, उपाध्यक्ष बामदेव गौतम, अशोक राई, विद्या भण्डारी र महासचिव ईश्वर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम छ । 

परिषद बैठकले देशको वर्तमान राजनीतिक परिस्थिति, शान्ति प्रक्रिया र संविधान निर्माणमा देखापरेका अवरोधबारे छलफल गरी पार्टीलाई नयाँ एकतामा बाँध्ने एमालेले दावी गरेकोछ । आठौं महाधिवेशनपछि पहिलोपटक हुन लागेको पहिलो प्रतिनिधि परिषद्लाई शक्ति प्रदर्शनको रुपमा लिएको एमालेले विभिन्न जिल्लाबाट कार्यकर्ताहरुलाई राजधानीमा उतारेको छ ।

 उद्घाटन समारोहपछि प्रज्ञाप्रतिष्ठानमा हुने बन्दसत्रमा देशभरका करिब नौं सयबढि प्रतिनिधिहरु सहभागी हुनेछन् । बन्दसत्रमा अध्यक्ष खनालको राजनीतिक प्रतिवेदन, महासचिव पोखरेलको संगठनात्मक प्रतिवेदन, लेखा परीक्षणको प्रतिवेदन, सल्लाहकार परिषदको प्रतिवेदन र आर्थिक विभागको प्रतिवेदनमा छलफल हुनेछ ।

Related

राष्ट्रिय 588197360268776241

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item