जगेडा कोषको योजना प्रभावकारी


मिनकुमार दाहाल 
सिन्धुली,चैत ३

स्थानिय विकास मन्त्रालय अन्र्तगतको जगेडा कोष वाट संचालित योजनाहरु प्रभाकारी भएको कमलामाई नगरपालीकाले जनाएको छ । जगेडा कोषवाट संचालित योजनाहरुमा उपभोक्ताहरुले कुल वजेटको २० प्रतिशत रकम खातामा जम्मा गर्नु पर्ने भएकोले योजना प्रति उपभोक्ताहरुको उत्तरदायी वढ्ने भएकोले काम प्रभावकारी हुने गरेको कमलामाई नगरपालीका अधिकृत भुपाल वरालले वताउनुभयो । 

जगेडा कोषको रकमवाट कमलमाई नगरपालीकाले यस आर्थिकमा सडकको कालोपत्रे र सडक स्तर उन्नतीको लागी २ करोडको लागतमा ६ वटा योजनाहरु संचालनमा रहेका छन् । कमलामाई नरपालीकाको प्राविधिक शाखाले दिएको जानकारी अनुसार मधुटार–रातमाटेडाडा सिलामे जाने सडक ३० लाख,धु्ररावजार ३० लाख,ढुग्रेवास–हिरापानी ३० लाख,माझीटार–गडौली ३०लाख,शहिद वालउद्य्यान पार्क भिमान ४० लाख र ल्याण्डफिल्ड साइड व्यवस्थापन निर्माणको लागी ४० लाख रुपैयाँ नगरपालीकाले विनियोजन रहेको छ । 
मधुटार– रातमाटेडाडा सडक ढलानको काम अत्यैन्तै प्रभावकारी भएको कमलामाई नगरपालीका कार्यकारी अधिकृत वरालले वताए । मधुटार–रातमाटेडाडा सडक ढलानमा स्थानिय उपभोक्ताहरुले सक्रियता देखाएर कार्यालयको स्टमेट भन्दा वढी काम गरेको वरालले वताए । उपभोक्ता समितीले कामै नगरी रकम सक्छन् भन्नेहरुका लागी मधुटार–रातमाटेडाडा योजना हेर्न लायक भएको अधिकृत वरालले वताउनुभयो । सवै क्षेत्रका उपभोक्तहरु यसै गरी सक्रियता देखाए विकासले द्रुत गतिले लिने भनाइ वरालको छ । नगरपालीकाको प्राविधिक सहितको टोली लिएर वुधवार कार्यकारी अधिकृत वराल  सडक अनुगमन गर्न रातमाटेडाडा पुगेका थिए । 
मधुटार–रातमाटेडाडा उपभोक्ता समितीका अध्यक्ष भिमनारायण श्रेष्ठले मधुटार–सिलामे हुँदै मरिण जाने सडकको रातमाटे खण्ड सडक भिरालो भएकाले वर्षादमा यातायातका साधनहरु संचालन गर्न कठिन हुने गरेको थियो । पानी पर्ने वित्तीकै गाडी रातमाटेडाडामा चढ्न नसक्ने समस्याले सिलामेका मानिसहरु आजित भएका थिए । रातमाटेडाडाको उकालोले  सिलामे,शाखाजोर,ढाप्सार वेसार,वेल्टार क्षेत्रलाई पछि पारेको कारणले स्थानिय वासिन्दाहरुले मधुटार–रातमाटेडाडा सडक निर्माणमा सक्रियता देखाएको उपभोक्ता समितीका अध्यक्ष श्रेष्ठले वताए । जगेडा कोषवाट प्राप्त भएको रकमले अन्य पाँच योजनाहरु संचालन भइरहेको नरपालीकाले जनाएको छ ।

Related

स्थानिय 4375139698132017207

Post a CommentDefault Comments

प्रतिक्रीयाका लागि धन्यवाद !

emo-but-icon

भर्खरै

यो साता चर्चित



item