मापदण्ड बिपरितका घरलाई क्षतिपूर्ति छैन:त्रिपाठी
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_7808.html
काठमाडौं,चैत्र ५
भौतिक योजना तथा निर्माण मन्त्री हृदयश त्रिपाठीले मापदण्ड बिपरित बनाईएका घर वा संरचना भत्काउदा कुनैपनि क्षेतिपूर्ति नदिईने स्पष्ट पार्नुभएको छ । संसद अन्तर्गतको विकास समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री त्रिपाठीले ऐन, कानून विपरित बनाईएका घर, टहरा वा अन्य संरचना भत्काउदा क्षेतिपूर्ति दिने सरकारी कुनै योजना नरहेको बताउनुभयो । यद्यपी उहाँले मापदण्ड अन्तर्गत रहेका र सडक विस्तारका क्रममा जग्गा अधिग्रहण गर्नुपर्ने भए ऐन, कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराईने बताउनुभएको छ ।
काठमाडौंका सडक विस्तार गर्ने क्रममा मुआब्जा र क्षेतिपूर्ति नपाएको गुनासो बढेपछि विकास समितिले भौतिक योजना तथा निर्माण मन्त्री त्रिपाठीलाई बोलाएर त्यस बिषयमा सोधपुछ गरेको हो ।
बैठकमा कांग्रेस र एमालेका सदस्यले सडक विस्तारका नाममा सरकारले जथाभावी रुपमा घर भत्काउने गरेको, क्षतिपूर्ति र मुआब्जा नदिएको भन्दै मन्त्री त्रिपाठीको आलोचना गरेका थिए । उनीहरुले मापदण्ड पुरा गरेका घर वा अन्य संरचना भत्काउदा पीडितलाई उचित क्षेतिपूर्ति उपलब्ध गराउन आग्रह गरेका थिए ।


Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !