संविधान समयमा बन्नेमा आशंका बढ्दै छ: बैद्य
http://sindhulidarpan.blogspot.com/2012/03/blog-post_7480.html
जनकपुर,चैत ५
एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैधले बर्तमान सरकार संघीयताको पक्षमा नरहेकाले समयमा संविधान बन्नेमा आशंका रहेको बताउनु भएको छ । क्रान्तिकारी पत्रकार संघ धनुषा शाखाले आज जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सरकार शान्ति प्रक्रियामा बढी केन्द्रित भएका कारण समस्या आएको बतानुभयो । उहाँले संघीयताका बिषयमा आवश्यक छलफलै हुन नसकेको समेत बताउनुभयो । संविधानको परिकल्पना पनि गर्न नसक्ने अवस्थामा माओवादीको संस्थापन पक्षलगायत केही दलहरु संघीयता बिनाको संविधान बनाउने तर्फ लागिपरेको उपाध्यक्ष बैद्यको आरोप थियो ।
संविधान समयमा जारी नभए नेपाली जनता सडकमा ओर्लिएर संघर्ष गर्ने भन्दै उहाँले आन्दोलनमा माओवादीको पूर्ण समर्थन रहने बताउनुभयो । उपाध्यक्ष बैद्यले बर्तमान सरकार देश र जनताको पक्षमा केहि गर्न नसकेको आरोप लगाउनुभयो । उहाँले अब मुलुकमा सहमतीय सरकारको खाँचो रहेको बताउनुभयो । माओवादी शान्ति प्रक्रियामा आए पछि पार्टी भित्रै केहि नेताहरु प्रदुषित भएको बैद्यको आरोप छ ।



Post a CommentDefault CommentsFacebook Comments
प्रतिक्रीयाका लागि धन्यवाद !